काठमाडौं । १४ औं केन्द्रस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा एथलेटिक्सको छात्रा ४ गुणा ४ सय मिटर रिलेमा कर्णाली प्रदेशका भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा रानाले बिहिवार जुनियर नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
फर्साल सहितको टोलिले निर्धारित दुरी ४ मिनेट १७ सेकेन्ड २ पलमा पूरा गर्दै आफ्नो किर्तिमानि राख्न सफल भएकि हुन् । उक्त प्रतियोगिता बैशाख ४ गतेबाट सञ्चालन भएको हो भने प्रतियोगितामै सुदूरपश्चिम प्रदेशकी देवकीकुमारी चौधकरीले
एथलेटिक्सतर्फ छात्रा ३ हजार मिटर दौडमा १० मिनेट ५२ सेकेन्ड ८२ पलमा निर्धारित दुरि पार गरि नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ ।
१४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा यो कर्णालीले जितेको एथलेटिक्स तर्फकाे साताै स्वर्ण पदक हो ।