सुर्खेत । सुर्खेतको रिङाउस्थित भेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ। बराहताल गाउँपालिका–४ साजघाट भेरी नदीको किनारमा शुक्रबार दिउँसो अस्थायी प्रहरी पोष्ट तरङ्गबाट गस्तीमा खटिएको प्रहरीको टोलीले अन्दाजी करिब ३०/३२ वर्षका एक पुरुषको शव फेला पारेको हो।
घटनास्थलको सुरक्षाका साथै अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हाल मृतकको पहिचान खुल्न सकेको छैन।
घटनास्थलको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी निरीक्षक रविन्द्र सिंह कार्कीको कमाण्डमा SOCO( Scene of crime officer) सहित ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।
शवको पहिचान तथा घटनाको कारण खुलाउन प्रहरीले अनुसन्धान जारी राखेको छ।