सुदूरपश्चिम मुख्यमन्त्रीमा सोडारीले गरे दाबी पेश

  ।   ६ बैशाख २०८१, बिहीबार १६:४७
सुर्खेत। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका दीर्घ बहादुर सोडारीले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँ समक्ष नेता सोडारीले मुख्यमन्त्रीमा दाबी पेशगरेका हुन् ।
सोडारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थन रहेको छ ।  प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई वैशाख ६  गते बेलुकी ५ बजे भित्र मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गर्नु भएको थियो ।
 प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ ।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

 

Next Post

नेविसंघ द्वारा शैक्षिक रुपान्तरणका लागि ज्ञापन पत्र

६ बैशाख २०८१, बिहीबार १६:४७
कालीकोट । नेपाल बिद्यार्थी संघले शैक्षिक रुपान्तरणका लागि ज्ञापन पत्र बुझाएको छ । नेपाली काङ्ग्रेस भातृ संस्था नेपाल विद्यार्थी संघ नेविसंघले आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा स्थानिय तहलाई शैक्षिक सुधार सुदृढका लागि सुझाव सहितको ज्ञापन पत्र खाँडाचक्र नगरपालिका लाई बुझाएको हो । नेपाल विद्यार्थी संघ कालीकोटका जिल्ला अध्यक्ष दिर्घ […]

सम्बन्धित शीर्षक