कालीकोट । नेपाल बिद्यार्थी संघले शैक्षिक रुपान्तरणका लागि ज्ञापन पत्र बुझाएको छ ।
नेपाली काङ्ग्रेस भातृ संस्था नेपाल विद्यार्थी संघ नेविसंघले आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा स्थानिय तहलाई शैक्षिक सुधार सुदृढका लागि सुझाव सहितको ज्ञापन पत्र खाँडाचक्र नगरपालिका लाई बुझाएको हो ।
नेपाल विद्यार्थी संघ कालीकोटका जिल्ला अध्यक्ष दिर्घ बहादुर शाही लगाएतले स्थापना दिवसको अवसरमा पालिकालाई बिहीबार ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा नेपालीको समग्र राजनीतिक सामाजिक आर्थिक एवं शैक्षिक रूपान्तरणका लागि अनवरत रूपमा क्रियाशील विद्यार्थीहरुको प्रिय संगठन नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको आधारभूत र माध्यमिक तहसम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एवं उन्त्रयन गर्ने मूल उद्देश्यका साथ नेपालको संघीय संरचना अनुरुप ७५३ वटै पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन अध्ययन एवं अनुसन्धान गर्न तथा आधारभूत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या सामाधान गर्न देहाय बमोजिमका माग राख्दै नौं वटा बुदा उलेख गरियको छ ।