कालीकोटका स्थानीय तहमा बेरुजु रकम घट्दै जानुको सट्टा झन थपिँदै

  ।   २ असार २०८२, सोमबार १२:४१

कालीकोट । कालीकोट जिल्लाका स्थानीय तहको बेरुजु एकपछि अर्को गरेर थप हुँदै आएको छ । बेरुजु रकम घट्दै जानुको सट्टा कालीकोटका स्थानीय तहमा झन थपिँदै आएको हो ।

कालीकोटका नौ स्थानीय तहको बेरुजु रकम हाल सम्म दुई अर्ब ९९ करोड ५२ लाख ८ हजार ४७२ रुपियाँ पुगेको छ ।

यो वर्षको बेरुजु सबैभन्दा बढी खाँडाचक्र नगरपालिकाको रहेको छ । खाँडाचक्र नगरपालिकाको बेरुजु रकम आर्थिक वर्ष २०८०–२०८१ को पाँच करोड ३३ लाख ७१ हजार २९९ रहेको छ । त्यसपछि दोस्रो स्थानमा महावै गाउँपालिका रहेको छ । महावै गाउँपालिकाको ३ करोड ८७ लाख ९४ हजार ४७८ रुपियाँ बेरुजु छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा बेरुजुको सङ्ख्या एकिन गरिएको छ ।

कालीकोटमा तेस्रो स्थानमा बेरुजु रहेको पालिका शुभकालिका गाउँपालिका रहेको छ । शुभकालिका गाउँपालिकाको बेरुजु रकम ३ करोड ३२ लाख ९६ हजार ७०२ रुपियाँ रहेको छ । यो वर्ष सबैभन्दा कम बेरुजु पलाँता गाउँपालिकाको रहेको छ पलाँताको एक करोड १२ लाख ३६ हजार ९७२ रुपियाँ छ । अघिल्लो आर्थिक वर्षको समेत जोड्दा पलाँता बेरुजुको सुचीमा अब्बल भए पनि आर्थिक वर्ष २०८०–०८१ मा भने बेरुजुको दर घटाएको छ । अघिल्ला आर्थिक वर्षको बेरुजु समेत जोड्दा सबै भन्दा अगाडी पहिलो नम्बर सान्नीत्रिवेणी गाउँपालिका रहेको छ । सान्नीत्रिवेणीको जम्मा बेरुजु ३१ करोड ५४ लाख, ५१ हजार ४०९ रुपियाँ रहेको छ । शान्नीत्रिवेणी पछि पलाँता गाउँपालिका रहेको छ । पलाँताको ३१ करोड, २४ लाख ७५ हजार ३९२ रुपियाँ बेरुजु छ । तेस्रो नम्बरमा आर्थिक वर्ष २०८०–०८१ मा पाँच करोड भन्दा बढी बेरुजु भएको खाँडाचक्र नगरपालिकाको जम्मा बेरुजु भने तेस्रो नम्बरमा छ ।

खाँडाचक्रको जम्मा बेरुजु २७ करोड १२ लाख ५८ हजार ३१७ रुपियाँ रहेको छ । चौथो नम्बरमा २३ करोड ४९ लाख १५ हजार ४७८ रुपियाँ बेरुजु महावै गाउँपालिकाको रहेको छ । जम्मा बेरुजुमा पाँचौ नम्बरमा रास्कोट नगरपालिका रहेको छ । रास्कोटको जम्मा बेरुजु २१ करोड ४५ लाख १६ हजार ६५७ रुपियाँ रहेको छ । यस्तै पचालझरना गाउँपालिकाको जम्मा बेरुजु २१ करोड ३१ लाख ५८ हजार १३७ रुपियाँ छ भने सातौ नम्बर शुभकालिका गाउँपालिका रहेको छ । यसको बेरुजु २१ करोड १२ लाख ७० हजार ६९४ रुपियाँ छ । आठौ नम्बर नरहरिनाथ गाउँपालिक रहेको छ । नरहरिनाथ गाउँपालिकाको १९ करोड ३७ लाख ९२ हजार २२७ रुपियाँ र सबैभन्दा कम नौ नम्बरमा तिलागुफा नगरपालिका रहेको छ । तिलागुफा नगरपालिकाको बेरुजु फच्यौट गर्न बाँकी रकम १३ करोड २६ लाख ९० हजार १६१ रुपियाँ रहेको छ । यसरी बेरुजु थुपारिँदा पनि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमा कुनै चिन्ता छैन ।

Next Post

भिरबाट लडेर एक जना गम्भीर घाइतेको हेलिकप्टर मार्फत उद्धार

२ असार २०८२, सोमबार १२:४१
कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–०५ मा दार बोक्ने क्रममा भिरबाट लडेर एक जना गम्भीर घाइतेको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सोमबार दिउसो अन्दाजी २५ वर्षीय राजेन्द्र बहादुर सहकारी दार बोक्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका हुन । घटनापछि तत्काल खबर प्राप्त भएलगत्तै गाउँपालिकामा उपचार सम्भावना नभएपछि अध्यक्ष […]