कालिकोट ताडी बसपार्कमा सरसफाइ अभियान सम्पन्न

  ।   २९ बैशाख २०८३, मंगलवार ११:४८

कालीकोट । स्थानीय युवा व्यवसायी, सामाजिक अगुवा युवाहरु तथा जिल्ला प्रहरी कार्यालय कालिकोटको सहकार्यमा कालिकोट ताडी बसपार्क क्षेत्रमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

आगामी दिनमा कालिकोट ताडी बसपार्कलाई अझ सुन्दर, स्वच्छ र शान्त बनाउन स्थानीय तह, विभिन्न सरकारी निकाय, युवा, व्यवसायी तथा सम्पूर्ण नागरिकबीच समन्वय र सहकार्य आवश्यक रहेको छ।

कर्णाली जेसीज वर्ष २०२१ का अध्यक्ष लक्ष्मण कुमार शाही तथा वर्ष २०२५ का अध्यक्ष खगेन्द्र पाण्डेले सबै पक्षबाट सकारात्मक सुझाव र सहयोगको अपेक्षा व्यक्त गर्दै नागरिकलाई सहज सेवा प्राप्त हुने वातावरण निर्माण गर्न सबैलाई आ–आफ्नो ठाउँबाट योगदान दिन आग्रह गर्नुभएको छ।

सरसफाइ अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
“स्वच्छ बसपार्क, सुन्दर कालिकोट” भन्ने उद्देश्यसहित सम्पन्न यस अभियानले सामाजिक सचेतना र सामूहिक जिम्मेवारीको सन्देश दिएको छ।

Next Post

कविता “घाम उखेर्न नसक्दा”

२९ बैशाख २०८३, मंगलवार ११:४८
कविता  “घाम उखेर्न नसक्दा” क्षितिज पारी टुप्पोमा घाम उखेर्न पुगे भने तिर्खाले आकुल बनेको यात्रामा नुन पिउछु गाडेर पैतालाका डोबहरु पुग्न हिडियो छ भने समुद्रको छाल सम्म फेरि आकुल हुनु परेमा तिर्खाएको यात्राले पसिनालाई चिसो पार्न नुनिलो पिउन मिल्लाकी नमिल्ला बादलका सुकुमार आकृति भुइँमा झरेर चन्द्रमा फुलाओस गमलामा उम्राइ रहोस् […]