कविता- नसकिदो रहेछ

  ।   १३ असार २०८३, शनिबार ०९:००

नसकिदो रहेछ
खुम्चा
परेको समय बोकेर
नपुगी थाक्नु पर्दोरहेछ
बतास बस्ने चुचुरो सम्म
अड्किन निकै कठिन हुने रहेछ
कर्कला पातको पानी भइ
फुल्न झनै गार्‍हो
चिउरी फुल बनी
पलाउन पनि सकिदैन
बसन्तको पल्लवी जस्तै
दिन नसकिने भयो थोरै भिक्षा
उठाउन बहुतै मुस्किल
समाधिको जिउँदो यात्री
देखाउन त कति हो झन्झट
आँखा भएकाहरुलाई
सुनाउन उत्तिकै अप्ठ्यारो
कान हुनेहरुलाई
कहाँ सजिलो छर
बुझाउन बुझकट समेतलाई
बुझकट स्वयम अबुझ भै दिएपछि
त्यसैले अब उम्दा
बुझकट हुनु पनि भएन
अबुझको सालिक जस्तै
फुल्नु पनि छैन रातै भएर
थाक्नु भएन बतास बस्ने
चुचुरो सम्मको यात्रामा
बस्न पटक्कै छैन
कर्कला माथी अग्लो हुँदै
सुनाउन कठिन छ
बुझकटको आख्यान
उठाउन औधी मुस्किल
समाधिको जिउँदो यात्रीलाई।।

दीर्घ बहादुर शाही (डोक्काघरे)

Next Post

कालीकोटका स्थानीय तहको बजेटमा पुरानै प्राथमिकता, नयाँ सोचको अभाव

१३ असार २०८३, शनिबार ०९:००
कालीकोट । कालीकोटका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ४ अर्ब ५५ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। शिक्षा, स्वास्थ्य, कृषि, सडक र खानेपानीलाई प्राथमिकतामा राखिएको दाबी गरिए पनि अधिकांश बजेटमा नयाँ र दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमको अभाव देखिएको छ। संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहहरूले असार १० […]

सम्बन्धित शीर्षक