सुर्खेत । सुर्खेतमा “मानव अधिकार तथा सामाजिक न्याय अभियान” भन्ने मूल नारासहित यूवा मानव अधिकार रक्षक, निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मानवअधिकार रक्षकहरूको अधिकार, सुरक्षा र भूमिका र युवाका लागि स्थानीय तहमा निति, तर्जजुमा सवालमा केन्द्रित रहेको हो ।
कार्यक्रममा रोयम नेपाल कार्यकारी निर्देशक लुभराज न्यौपानेले संस्थाको परिचय दिँदै कार्यक्रम बारे इस्पस्ट पार्नुभएको थियो । तेस्तै रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोस बिकले सुभकामना मन्तव्य राख्दै कर्णालीका १० वटै जिल्लामा यस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो । उहाँले मानवअधिकारको सवालमा राज्य, स्थानीय सरकार, नागरिक समाज र सञ्चार माध्यमबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
यूवा मानव अधिकार रक्षक सञ्जाल सुर्खेतकि अध्यक्ष पुजा दमाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व कानुन मन्त्री एवंम प्रदेश सभा सदस्य माननिय कृष्ण बहादुर जि .सि. को प्रमुख आतिथ्यता , प्रदेश सभा सदस्य माननीय जानकी सिंह विशेष आतिथ्यता जिल्ला समन्वय समिति उपप्रमुख सचिन कुमार बडुवाल, बिरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष डण्ड बहादुर विश्वकर्मा लगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि युवा, पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको हो ।
कार्यक्रमको सञ्चालन यूवा मानव अधिकार रक्षक सञ्जाल सुर्खेतकि सचिव ललिता विकले गर्नुभएको हो ।