सुर्खेत । नेपाल मगर महिला संघ मातृभाषा प्रशिक्षण कार्यक्रम उद्धघाटन भएको छ । नेपाल आदिबासी जनजाति प्रतिष्ठानको आर्थिक सहयोगमा २ दिने मातृभाषा संरक्षणका लागि कार्यक्रम उद्धघाटन गरियको हो ।
नेपाल मगर महिला संघ कर्णाली प्रदेशको आयोजनामा निर्मला गाहा मगरको सभा अध्यक्षता र नेपाल आदिबासी जनजाति प्रतिष्ठान समन्वय परिषद कर्णाली प्रदेश अध्यक्ष विर बहादुर रावत भोटेको प्रमुख आतिथ्यतामा पानसमा बत्ति बालेर उद्धघाटन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी भोटेले सुभकामाना मन्तव्य राख्दै सरकारले आदिबासी जनजाती माथि राजनितीकरण गर्दै आएको र कर्णाली प्रदेशमा दलित विधेक र आदिबासी जनजातीको विधक माथि केटाकेटी पन देखायको निती कार्यक्रमको पास नगर्दा अन्याए गरेको थप आन्दोलन गर्र्न हामि सबै एक जुट हुनुपर्ने आवस्यक रहेको बताउनुभयो ।