युवा मानव अधिकार रक्षकको काम कर्तव्य,सामाजिक कार्य दृढ रणनितिबारे छलफल

  ।   ४ जेष्ठ २०८२, शनिबार ०८:०१

सुखेत । सुर्खेतमा “मानव अधिकार तथा सामाजिक न्याय अभियान” भन्ने मूल नारासहित युवा मानव अधिकार रक्षक, निर्वाचित जनप्रतिनिधि तथा सरोकारवाला वीचअन्तरक्रिया सगैँ युवा मानव अधिकार रक्षकको काम कर्तव्य,सामाजिक कार्य दृढ रणनितिबारे छलफल गरियको छ ।

शुक्रबार गरीएको कार्यक्रममा पहिलो सेसन युवा मानवअधिकार रक्षकहरूको समग्र सुरक्षा, पहिचान, सवलिकरण,सशक्तीकरण र सञ्जालिकरणका लागि प्रदेश सरकार र स्थानीय तहमा नितिगत रूपमै व्यवस्थापन गरि सम्बोधन हुनु पर्ने सवालमा केन्द्रित रहेको हो । दोसा्र सेसनमा साझेदार संस्था र मानवअधिकार कर्मीद्धारा युवाहरुसगँ संवाद गरियको छ ।

कार्यक्रममा रोयम नेपाल कार्यकारी निर्देशक लुभराज न्यौपानेले संस्थाको परिचय दिँदै एकता परियोजना अन्तरगत युवा मानवअधिकार रक्षकको आवश्यकता र भूमिका कार्यक्रम बारे जानकारी दिनु भएको थियो । त्यस्तै रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोस बि।कले शुभभकामना मन्तव्य राख्दै कर्णालीका १० वटै जिल्लामा युवा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको र युवाहरूको पहिचान र सहयोग सहकार्यको वातावरण बनाउन निर्वाचित जनप्रतिनिधि र सरोकारवालाहरूसँग कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो । उहाँले मानवअधिकारको सवालमा राज्य, स्थानीय सरकार, नागरिक समाज र सञ्चार माध्यमबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

युवा मानव अधिकार रक्षक सञ्जाल सुर्खेतकी अध्यक्ष पुजा दमाईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व कानुन मन्त्री एवंम प्रदेश सभा सदस्य माननिय कृष्ण बहादुर जि .सि.  विशिष्ट अतिथि प्रदेश सभा सदस्य माननिय जानकी सिंह अतिथि जिल्ला समन्वय समिति उपप्रमुख सचिन कुमार बडुवाल, बिरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष डण्ड बहादुर विश्वकर्मा लगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि युवा, पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा साझेदार संस्था AEIN कार्यकारी निर्देशक फ्रयाङको विन्सफेल्ड, नेपाल प्रतिनिधि रमेश तोयना,डा।अनिता श्रेष्ठ लगायतको टोलीले युवा मानवअधिकार रक्षकहरूसँग छलफल गरिएको थियो । उक्त छलफलमा युवाहरूले गरेको गतिविधिहरूको बारेमा जानकारी समेत गरिएको हो। साथै युवाहरूको अभियानमा साथ सहयोग रहने कुरा स्पष्ट पारिएको छ।

युवा मानव अधिकारका चुनौति, आगामि दिनमा के गर्दा को सगँ अझ प्रभावकारी हुन्छ भन्ने विषयमा चार समुहमा बिभाजन गरि चार वटा शिर्षकमा समुहमा उठेका र आगामि दिनमा गर्नपर्ने कार्य,समस्या ,चुनोति सगैँ चुनौतिको समधान अझ प्रभावकारी बनाउनेबारे छलफल गरियको हो ।

युवा मानव अधिकार रक्षक सञ्जाल सुर्खेतकी सचिव ललिता विकले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागी युवा सदस्यहरूले जनप्रतिनिधिलाई धेरै सवालहरू गरेका थिए । उक्त कार्यक्रममा सहभागी जनप्रतिनिधीहरू र सरोकारवालाले मानवअधिकारको संरक्षण र सम्र्बद्धनका लागि प्रतिवद्ध रहदैँ निति तथा कार्यक्रम र वजेटमा युवाका सवाललाई समेट्ने प्रतिवद्धता जनाएका छन् ।

Next Post

पोखराबाट सुर्खेततर्फ आउदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते

४ जेष्ठ २०८२, शनिबार ०८:०१
सुर्खेत । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। पोखराबाट सुर्खेततर्फ आउदै गरेको ना ५ ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन्। चालकले नियन्त्रण गुमाउँदा बस सडकदेखि अन्दाजी २० मिटर तल खोल्सामा खसेको हो। बस दुर्घटनामा […]

सम्बन्धित शीर्षक