जाजरकोटमा बाढीको वितण्डा : दुई जना बेपत्ता, पानीघट्टमा क्षति

  ।   ५ भाद्र २०८३, शुक्रबार १७:३८

जाजरकोट । जुनीचाँदे गाउँपालिका–६ स्थित डोग्रा खोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह रहेका छन्।

थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा आएको बाढीले बगाएको हो भने सिंहलाई शुक्रबार बिहान खोलामा आएको बाढीले बगाएको स्थानीयले बताएका छन्।

बाढीका कारण स्थानीय क्षेत्रमा सञ्चालनमा रहेका ८ देखि १० वटा पानीघट्टसमेत बगाएर क्षति पुर्‍याएको छ। बाढीले थप भौतिक क्षति पुर्‍याएको हुनसक्ने भन्दै स्थानीय त्रसित भएका छन्।

बेपत्ता दुवै जनाको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ। तर, लगातार भइरहेको वर्षाका कारण खोलामा पानीको बहाव उच्च रहेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोजी कार्यलाई तीव्रता दिएको छ भने स्थानीयवासीसमेत उद्धार तथा खोजीमा सहयोग गरिरहेका छन्।

Next Post

युवा र अनुभवको समिश्रणबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव : खुस्बु ओलि

५ भाद्र २०८३, शुक्रबार १७:३८
रामग्राम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले युवाको ऊर्जा, क्षमता र अनुभवलाई सही ढंगले परिचालन गर्न सके नेपाललाई समृद्ध र आत्मनिर्भर राष्ट्रका रूपमा अघि बढाउन सकिने बताएकी छन्। नेपाल जेसीस क्षेत्र ‘घ’ सम्मेलन–२०२६ को उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै वलीले देशको आर्थिक संरचनालाई उपभोगमुखी अर्थतन्त्रबाट […]