पोखराबाट सुर्खेततर्फ आउदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते

  ।   ७ जेष्ठ २०८२, मंगलवार २१:३८

सुर्खेत । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

पोखराबाट सुर्खेततर्फ आउदै गरेको ना ५ ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन्। चालकले नियन्त्रण गुमाउँदा बस सडकदेखि अन्दाजी २० मिटर तल खोल्सामा खसेको हो।

बस दुर्घटनामा घाइतेको प्रदेश अस्पताल दमौली, रत्नहरि अस्पताल दमौली र म्याग्दे पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो।

दुर्घटनामा बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २९ वर्षीय शेरबहादुर वली, सहचालक कास्कीको पोखरा महानगरपालिका–२१ बस्ने २६ वर्षीय सञ्जय अधिकारी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २८ वर्षीय अशोक विकसमेत घाइते भएका छन्।

Next Post

जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु

७ जेष्ठ २०८२, मंगलवार २१:३८
जुम्ला । जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। तातोपानी गाउँपालिका–८ टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको बिहीबार दिउँसो चट्याङ लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीनबाबु रेग्मीका अनुसार शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा संकलनका लागि गएकी थिइन्। संकलनको क्रममा अपराह्न ४ बजेतिर चट्याङ […]