जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु

  ।   ९ जेष्ठ २०८२, बिहीबार २०:१३

जुम्ला । जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। तातोपानी गाउँपालिका–८ टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको बिहीबार दिउँसो चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीनबाबु रेग्मीका अनुसार शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा संकलनका लागि गएकी थिइन्। संकलनको क्रममा अपराह्न ४ बजेतिर चट्याङ लाग्दा घटनास्थलमै उनको ज्यान गएको जानकारी प्राप्त भएको छ।

प्रहरीका अनुसार घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाइएको छ।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

कर्णालीका स्थानीय तहका कर्मचारी काम रोकेर आन्दोलनमा

९ जेष्ठ २०८२, बिहीबार २०:१३
सुर्खेत । कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारीहरु नगरपालिका र गाउँपालिकाको काम रोकेर आन्दोलनमा होमिएका छन् । कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को विधेयकमा संसोधनको माग गर्दै वीरेन्द्रनगर झरेका कर्मचारीहरूले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी धर्ना शुरू गरेका हुन् । कर्णालीका प्रदेश स्थानीय तहका कर्मचारीहरु आर्थिक […]

सम्बन्धित शीर्षक