कविता “घाम उखेर्न नसक्दा”

  ।   ३० बैशाख २०८३, बुधबार १२:२२

कविता  “घाम उखेर्न नसक्दा”
क्षितिज पारी टुप्पोमा
घाम उखेर्न पुगे भने
तिर्खाले आकुल बनेको
यात्रामा नुन पिउछु
गाडेर पैतालाका डोबहरु
पुग्न हिडियो छ भने
समुद्रको छाल सम्म
फेरि आकुल हुनु परेमा
तिर्खाएको यात्राले
पसिनालाई चिसो पार्न
नुनिलो पिउन मिल्लाकी नमिल्ला
बादलका सुकुमार आकृति
भुइँमा झरेर
चन्द्रमा फुलाओस गमलामा
उम्राइ रहोस् बाझो आकाशमा
लटरम्म रहर
उज्जर बनेर धर्तीको गमलाले
फलाओस कयौं तारा
अर्को यात्राले
जीवन्त मनोहर मुस्कानको
भारी भर्दै
क्षितिजको टुप्पोमा पुगेर
पर खेलिरहेका बादलका
मनमोहक आकृति संग खेल्दै
आफै बादल भएर
सुकुमार बन्ने रहरमा
दुखहरु दुखका जन्ती बन्न पुगेपछि
उम्रान सकेन बाझो आकाशले तारा
फुलाउन सकेन चन्द्रमा
उज्यालो हुन नसकेपछि धर्तीको डिल
कुइदो रहेछ समयको बिस्कुन
पुग्न नसक्दा घाम उखेर्न
फुल्न नसक्ने बन्यो समयको फुल
सुक्न कठिन भयो बुरालो अनाज
उठ्न नसक्दो बन्छ अनिदो रात
छेउमा नबसी भागे खहरेहरु
किनकि
खहरेहरु बैरी टाढाका
हितेच्छी जस्तै हुँदा रहेछन्।।

दीर्घ बहादुर शाही (डोक्काघरे)

Next Post

बर्दियामा नेपाल जेसीजको BEST - 2026 कार्यक्रम

३० बैशाख २०८३, बुधबार १२:२२
युवा नेतृत्व, सुशासन र दक्ष सचिवालय निर्माणमा जोड बर्दिया ।  नेपाल जेसिज अन्तर्गत वर्ष–२०२६ को महत्वपूर्ण नेतृत्व तथा व्यवस्थापनमूलक तालिम कार्यक्रम  Bringing Excellence in Secretaries and Treasurers (BEST–2026) बर्दियाको ठाकुरद्वार मा भव्य रूपमा सुरु भएको छ। जेठ २ र ३ गते सञ्चालन हुने उक्त कार्यक्रममा क्षेत्र “घ” अन्तर्गतका महासचिव, कोषाध्यक्ष, […]