सुर्खेत महिला जेसीजको आयोजनामा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  ।   ११ बैशाख २०८३, शुक्रबार १६:४६

सुर्खेत । सुर्खेत महिला जेसीजको आयोजनामा वीरेन्द्रनगरस्थित सुर्खेत होराइजन एकेडेमीमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम जेसी मनु सुनारको अध्यक्षता तथा जेसी कृति गुभाजु शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विशेषगरी ११ का विद्यार्थी लक्षित गरी मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि तथा सकारात्मक सोच विकाससम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा सहजीकरण गर्दै जेसी कमला बस्याल देवकोटाले विद्यार्थीहरूलाई व्यवहारिक तथा जीवनोपयोगी सुझावहरू दिँदै मानसिक रूपमा स्वस्थ रहन अपनाउनुपर्ने उपायहरूबारे स्पष्ट पार्नुभयो। उहाँका अनुसार किशोरावस्थामा मानसिक सन्तुलन कायम राख्न सही सोच, अनुशासन र आत्मविश्वास अत्यन्त आवश्यक हुने बताउनु भयो ।

यस कार्यक्रमले विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रति सचेतना बढाउँदै उनीहरूलाई जिम्मेवार, सकारात्मक र सन्तुलित जीवनशैलीतर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ।

कार्यक्रम दिगो विकास लक्ष्यअन्तर्गत  स्वास्थ्य र समृद्ध जीवन र लक्ष्य गुणस्तरीय शिक्षा सँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा सुर्खेत महिला जेसीजका बोर्ड पदाधिकारी, संयोजकहरू, पूर्व अध्यक्षहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका तथा छात्र , छात्राहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा सुर्खेत महिला जेसिज अध्यक्ष सुनारले मायाको चिनो टोकन अ ल  अथितिलाइ सम्मान सहित बितरण गर्नुभएको छ ।

Next Post

सुर्खेतमा साइबर अपराध न्यूनीकरण सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न

११ बैशाख २०८३, शुक्रबार १६:४६
सुर्खेत । साइबर अपराध न्यूनीकरण तथा सुरक्षित डिजिटल प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुर्खेत महिला जेसिज वर्ष २०२६ को आयोजना तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेशको सहयोगमा एक दिने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अनलाइन ठगी, बालबालिकामा बढ्दो लागूपदार्थ दुव्र्यसन, इमेल तथा सामाजिक सञ्जालको दुरुपयोग जस्ता गम्भीर विषयमा विशेष […]