कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा अनिश्चित तालाबन्दी

  ।   ३ मंसिर २०८१, सोमबार १९:३३

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनिश्चितकालिन तालाबन्दी भएको छ । प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीहरुले आफ्नो स्तरवृद्धि लगायतका मागहरुको सम्बोधन नभएको भन्दै प्रतिष्ठानमा तालाबन्दी गरेका हुन ।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा ४०० भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । प्रतिष्ठानमा ७५ जना स्थायी मात्र कर्मचारी छन् भने बाँकी सबै करार तथा ज्यालादारीमा रहेका छन् । स्थायी कर्मचारीहरुको स्तरवृद्धि प्रक्रिया अगाडि नबढेको र अदालतबाट निर्णय आए पनि कार्यान्वयन नभएको आरोप लगाउँदै प्रतिष्ठानका कर्मचारीहरु आन्दोलनरत भएका हुन ।

गत २०८० भदौ २१ गते कर्मचारीहरुले आन्दोलन गरेर दुई पक्षीय सम्झौता भएता पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । २०८० असोज १ उक्त सम्झौता अगाडि बढाउने सहमति भएता पनि कार्यान्वयन नभएको आरोप प्रतिष्ठानको कर्मचारीहरुको छ ।

आन्दोलनको समयमै समाधान नभए आन्दोलन निरन्तर जारी रहने उनीहरुको चेतावनी रहेक छ भने उक्त आन्दोलनको कारण प्रतिष्ठानमा नियमित सेवा, विशेषतः आकस्मिक सेवा बाहेकका अन्य विभागहरु प्रभावित हुने सम्भावना निकै रहेको छ । शिक्षक कर्मचारीले माग सम्बोधन नभए, सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।

Next Post

५० शय्याको जिल्ला अस्पताल नवनिर्मित भवन मान्मबाट सेवा सुरु

३ मंसिर २०८१, सोमबार १९:३३
कालीकोट । जिल्ला अस्पताल मान्ममा ५० शय्याको सुविधा सम्पन्न नवनिर्मित भवनबाट सेवा सुरु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार अस्पतालको भवनको औपचारिक उद्घाटन गर्दै आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको व्यवस्थाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयको छ। अस्पतालले लामो समयदेखि साँगुरो टिनको टहरामा औषधि र चिकित्सकको अभावको बीचमा […]