तोकिएकै मितिमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ: खेलकुद मन्त्री श्रेष्ठ

  ।   २८ जेष्ठ २०८१, सोमबार २०:२६

सुर्खेत/  युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले तोकिएकै मितिमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै हुनेमा बताउनुभएको छ।

आउँदो मङ्सिर ३ गतेदेखि हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पूर्वाधारको स्थिति बुझ्‍न युवा तथा खेलकुद मन्त्रालयको टोली र राष्ट्रिय खेलकुद परिषद्काे टाेलि सहित आज सुर्खेत आईपुग्नु भएका मन्त्री श्रेष्ठले दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको भूमिका महत्वपूर्ण रहने भएकाले आवश्यक समन्वय गर्दै तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्न आफुहरु जुटिरहेको बताउनु भएको हो ।

उहाँले संरचना निर्माणको सन्दर्भमा संघ सरकारले १० करोड छुट्याउन खोजेपनि बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको जानकारी दिनुभयो ।

अहिले खेलपूर्वाधारको भौतिक संरचना निर्माणलाई तीव्रता दिँदै आवश्यक परामर्शका साथ प्रतियोगिता पूर्वका कामहरुको अनुगमन, सहजीकरण तथा आवश्यक बजेट जोहो गर्ने कार्यहरुलाई मन्त्रालयले तीव्रता दिएको उहाँको भनाइ छ ।

यसअघि वीरेन्द्रनगर स्थिति निर्माणाधीन गौरवको आयोजना प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले कर्णालीले पहिलो पटक यतिठूलो संरचना बनाइरहेको भन्दै प्रशंसा समेत गर्नुभएकाे थियाे भने यसपटक कर्णालीमा खेलकुद हुनु भनेकाे ठुलाे उत्सबकाे रुपमा आफुले लिएकाे र तिकिएकै समयमा खेलकुद हुन्छ कि भनेर भन्नू भन्दा पनि गर्छाै भनेर भन्न सबैलाई अनुराेध गर्नुभएको छ ।

Next Post

एसियन कराँते च्याम्पियनसिपमा कर्णालीलाई २ स्वर्ण १ रजत 

२८ जेष्ठ २०८१, सोमबार २०:२६
सुर्खेत / भारतमा सम्पन्न एसियन गाेजु रियाे कराँते च्याम्पियनसिप प्रतियोगितामा कर्णाली नेपालकाे तर्फबाट सहभागी कर्णालीका ३ जना खेलाडीले २ स्वर्ण र १ रजत पदक जित्न सफल भएका छन् । २०८१ जेठ २५ देखि २७ गते (जुन ७ तारिक देखि ९ तारिक) सम्म भारतको महाराष्ट्र पुनेमा आयोजना भएको ८ औं एसियन […]