सल्यानमा मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो

  ।   १३ कार्तिक २०८१, मंगलवार १५:१४
साकेंतिक तस्बिर

सल्यान । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । कपुरकोटको सिनबाङ्गमा भएको दुर्घटनामा घाइते भएका चालक २६ वर्षीय मानबहादुर भण्डारीको उपचारका क्रममा ज्यान गएको हो ।

कपुरकोट गाउँपालिका–६ सिनबाङ्गमा हिजो बेलुका ट्रक दुर्घटनामा हुँदा स्थानीयवासी १४ वर्षीय गोबर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १५ बर्षीया सिर्जना बस्नेतको ज्यान गएको थियो ।

दुर्घटनामा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीतसागर बस्नेत, संजीव बस्नेत, २९ वर्षीय शंकर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा घाइते छन् । उनीहरु सबैको कपुरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नु होला

सल्यानम मिनीट्रक दुर्घटनामा परी ३ जनाको मृत्यु ९ जना घाइते

Next Post

संघीयता कार्यान्वयनको ६ बर्ष पूराहुँदा पनि संघ सरकारकै अनुदानमा निर्भर कर्णाली

१३ कार्तिक २०८१, मंगलवार १५:१४
सुर्खेत । संघीयता कार्यान्वयनको ६ बर्ष पूरा भइसक्दा पनि कर्णाली प्रदेश आन्तरिक आम्दानी बढाउन कमजोर देखिएको छ । विगत ६ बर्षमा दुई खर्ब बराबरको बजेट ल्याएको प्रदेश सरकारको आन्तरिक आम्दानी भने दुई अर्ब ७९ करोड ८२ लाख रुपैयाँ रहेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्यांकलाई विष्लेषण गर्ने […]

सम्बन्धित शीर्षक