एसियन कराँते च्याम्पियनसिपमा कर्णालीलाई २ स्वर्ण १ रजत 

  ।   २८ जेष्ठ २०८१, सोमबार २०:५९

सुर्खेत / भारतमा सम्पन्न एसियन गाेजु रियाे कराँते च्याम्पियनसिप प्रतियोगितामा कर्णाली नेपालकाे तर्फबाट सहभागी कर्णालीका ३ जना खेलाडीले २ स्वर्ण र १ रजत पदक जित्न सफल भएका छन् ।

२०८१ जेठ २५ देखि २७ गते (जुन ७ तारिक देखि ९ तारिक) सम्म भारतको महाराष्ट्र पुनेमा आयोजना भएको ८ औं एसियन गोजुरियो कराँते च्याम्पियनसिप २०२४ मा नेपालको तर्फबाट सहभागी कर्णाली प्रदेशका तीन जना खेलाडीहरु प्रकाश खड्का, प्रेमसिङ तिरुवा र समिर खत्री सहभागी भएर २ स्वर्ण १ रजत पदक जित्न सफल भएका हुन् ।

बिजयी खेलाडीहरुमा  समीर खत्री सिनियर +८४ केजी तौल समुह कुमिते बिधामा स्वर्ण पदक प्राप्त गरेका हुन् । उनी बिगत ११ बर्षदेखि खेल क्षेत्रमा आफ्नाे छुट्टै पहिचान बनाउँदै प्रस्तुति देखाउँदै आएका छन्। उनले यस अघि नै १३ वटा भन्दा बढि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई विभिन्न पदक समेत जितिसकेका खेलाडी हुन्।

प्रकाश खड्का सिनियर -८४केजी तौल समुह कुमिते बिधामा रजत पदक जित्न सफल हुनुभएको छ । खड्का बिगत १४ बर्ष पहिलेदेखि खेल क्षेत्रकाे सुरुवात गरि ५ बर्ष पहिले देखि सुर्खेत जिल्ला गाेजु रियाे कराँतेकाे प्रमुख प्रशिक्षकका रुपमा प्रशिक्षण समेत दिदै आउनुभएकाे छ । उता युवाकाे क्षेत्रमा पनि उत्तिकै परिचित खड्का कर्णाली प्रदेशका विभिन्न जिल्लामा गै युवा उत्प्रेरित तथा युवालाई कसरी उद्यमि बनाउन सकिन्छ भन्ने बिषयमा बिगत ८ बर्षदेखि निरन्तर लागिरहनुभएकाे छ भने राष्ट्रिय युवा परिषद् प्रदेश युवा क्लब सञ्जालकाे २ बर्ष कार्यकाल समेत चलाई सक्नुभएकाे छ । हाल सञ्जालकाे पुर्व अध्यक्ष तथा सल्लाहकारका रुपमा काम गर्दै आउनुभएकाे छ ।

भेतरानस् U- ४० उमेर समुहमा  प्रेम सिंह तिरुवा  स्वर्ण पदक जित्न सफल हुनुभएको छ । उहाँले कालिकोटकाे पचालझरनामा जन्मिएर खेल क्षेत्रमा आफ्नाे छुट्टै पहिचान समेत बनाई सक्नुभएकाे छ ।

Next Post

जुम्लाका आठै स्थानीमा विकासअन्तर्गत सडक निर्माण कमजोर

२८ जेष्ठ २०८१, सोमबार २०:५९
जुम्ला । जुम्लाका आठै स्थानीय तहमा पूर्वाधार विकासअन्तर्गत सडक निर्माण कमजोर देखिएका छन् । महालेखापरीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९र८० मा जिल्लाका स्थानीय तहको सडक निर्माणको अवस्था कमजोर देखिएको हो । तिला गाउँपालिकाले पूर्वाधार विकासअन्तर्गत चार सडक र एक ग्राभेल सडक मात्र निर्माण […]