रुकुम पश्चिम आगलागीमा परेर एक वृद्धाको मृत्यु

  ।   ९ बैशाख २०८१, आईतवार १७:५३

सुर्खेत। रुकुम पश्चिम आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ। आइतबार दिउँसो बाँफिकोट गाउँपालिका ३ दारकाट्यामा ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको हो।

बाँफिकोट गाउँपालिका ३ का वडा अध्यक्ष तिलवीर केसीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो। वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले ६ वटा घर जलेर नष्ट भएका छन्।

आगो नियन्त्रणमा लिनका लागी स्थानीयवासी र इलाका प्रहरी कार्यालय बाँफिकोटबाट गएको प्रहरी टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ।

आगलागीबाट थप घरमा समेत क्षति हुने अवस्था रहेकोछ। घरमा आगलागी हुँदा भएको क्षतीको विवरण भने सङ्कलन हुन सकेको छैन ।

Next Post

जनप्रभात माविले इस्कुल बस सेवा सञ्चालन गर्न कठीन रहेको मल्ल भिडीयो

९ बैशाख २०८१, आईतवार १७:५३
कालीकोट । जनप्रभात मावि सेरावाडाको विध्यालयले इस्कुल बस सेवा सञ्चालन गर्ने भएको छ । कालीकोटको  खाँडाचक्र नगरपालिका वडा नम्बर ८ मा रहेको विद्यालयलाई भारती दूतावासले बस प्रदान गरेपछि विद्यालयले बस सेवा सञ्चालनमा ल्याउने भएको हो । विद्यालयका प्रधानाध्यापक पदमबहादुर मल्लले दूतावासले प्रदान गरेको बस काठमाण्डौंबाट ल्याएर आफू कालीकोट आएको बताए। […]