प्रेस सेन्टर नेपाल कालिकोटको तेस्रो अधिवेशनबाट अध्यक्षमा आचार्य

  ।   १९ पुष २०८१, शुक्रबार २०:५८

कालिकोट । प्रेस सेन्टर नेपाल कालिकोट जिल्ला शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको अधिवेशनमा  बिरेन्द्र आचार्यको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको हो ।

उद्घाटन सत्रपछि सम्पन्न बन्द सत्रले पुनः बिरेन्द्र आचार्यको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा पूर्णसिंह बम , महिला उपाध्यक्षमा सुरशा नाथ योगी , सचिवमा कमल बुढा , सह सचिव दिनेश फर्साल र धन बहादुर सार्कि, कोषाध्यक्ष कमल कुमाल  चयन गरिएको छ।

वरिष्ठ सदस्यमा केशब शाही,सजिप्ता वम सदस्यहरुमा दिलिप चौलागाई, कल्पना चौलागाइँ, सुस्मिता बिक, सत्य रोकाया, ऐनराज कार्की,तिलक विष्ट र सदस्य खाली (तिलागुफा) चयन गर्नेगरी  चयन गरिएको हो ।

सम्मेलनको समापन सत्रमा प्रेस सेन्टर नेपाल केन्द्रिय उपमहासचिव दिपेन्द्र शर्माले नवगठित समितिलाई शुभकामना दिँदै सशक्त नेतृत्वले जिल्लाको पत्रकारिता क्षेत्रलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

नव निर्वाचित अध्यक्ष आचार्यले जिल्लाको प्रेस जगतलाई उचाइमा लिन जुनसुकै मूूल्य चुुकाउन तयार रहेको प्रतिक्रिया दिए। उनले भने, ‘”हामी आवेगमा विवेक कुमाउने छैनौं। सचेतना पूर्वक काम गर्नेछौं।” अघिल्लो कार्यकालमा अदुरा काम यस कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता समेत गरे ।

Next Post

१८ दिनदेखि गर्दै आएको दलित अधिकारका लागि एकीकृत आन्दोलन स्थगित

१९ पुष २०८१, शुक्रबार २०:५८
सुर्खेत । कर्णाली प्रदेश सभामा विगत ६ बर्षदेखि अलपत्र अवस्थामा रहेको दलित विधेयक यथाशीघ्र समितिमा छलफल गरी अगाडि बढाउने निर्णय भएको छ । शुक्रबार बसेको प्रदेशसभा अन्तर्गत सामाजिक विकास समितिको बैठकले उक्त विधेयकलाई तत्काल समितिमा छलफल गरी अगाडि बढाउने निर्णय गरेको हो । हाल कर्णाली प्रदेश सभाको चौथो अधिवेशन अन्त्य […]