सुर्खेतमा ज्यान मार्ने योजनासहितका ९ जना पक्राउ

  ।   ११ कार्तिक २०८२, मंगलवार २०:४३

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा ९ जना व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कार्तिक ७ गते राति करिब ८:३० बजे सुर्खेत नगरपालिका–१० स्थित सार्वजनिक सडकमा एक समूहले ज्यान मार्ने उद्देश्यले भिडन्त गर्न खोजेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले तत्काल कारवाही गरेको हो।

सुर्खेत नगरपालिका–८ का उत्तम पुनमगर नेतृत्वको समूहले घटनास्थलमा हतियारसहित आइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले सोही राति पक्राउ गरेको हो। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोज अनुसन्धान थालेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका नौ जना व्यक्ति उत्तम पुनमगर (सुर्खेत न.पा. –८), कविर गुरुङ, विक्रम गुरुङ हेमराज रावल, सिमान्त पुन, सरिर खत्री, सन्देश रावल, बिक्रम बुढा र किरण चौधरी रहेका छन ।

घटनामा संलग्न सबैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र उनीहरूविरुद्ध आवश्यक कानूनी कारवाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मोहनजंग बुढाथोकीका अनुसार, पक्राउ परेकाहरूमाथि प्रारम्भिक अनुसन्धान जारी छ र उनीहरूको आपराधिक उद्देश्य र पृष्ठभूमि पत्ता लगाउन थप अनुसन्धान गरिँदैछ।

Next Post

हिउँदे वर्षाले माथिल्लो कर्णालीका किसान चिन्तित

११ कार्तिक २०८२, मंगलवार २०:४३
सुर्खेत । सोमबार रातिदेखि परेका अविरल हिउँदे वर्षा र हिमपातले कर्णालीका पहाडी र हिमाली जिल्लाहरू प्रभावित भएका छन् । माथिल्लो क्षेत्रमा बाक्लो हिमपात हुँदा तल्लो क्षेत्रमा भित्र्याउन लागिएको धानबाली पानीमा भिजेर किसानको मेहनत जोखिममा परेको छ । जुम्ला, हुम्ला, मुगु र डोल्पाका उच्च भेगमा बाक्लो हिउँ परेको छ । त्यस्तै […]