यस्ता व्यक्तिले खानु हुँदैन भन्टा

  ।   २० फाल्गुन २०८०, आईतवार ०४:१९

एजेन्सी । भन्टा खानु स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर कतिपय विमारी भएको अवस्थामा यो शरीरका लागि नोक्सानदायक हुन सक्छ । कस्तो स्वास्थ्य अवस्थामा भन्टाको सेवन गर्नु हानिकारक हुन्छ आज यहाँ जानौं ।

विशेषगरी तेलमा तारेर बनाइएको भन्टा मुटुका रोगीहरुका लागि हानिकारक हुन सक्छ । किनकी यसलाई तेलमा डुबाएर पकाउँदा यसले तेल एकदमै धेरै लिने गर्छ जो मुटु रोगीका लागि हानिकारक हुन सक्छ ।

यदी तपाईं डिप्रेशनको औषधी सेवन गरिरहनु भएको छ भने पनि भन्टालाई आफ्नो खानपानमा समावेश नगराउनुहोस् । भन्टा खाँदा औषधीको असर कम हुन्छ ।

त्यस्तै मृगौलामा पत्थरी परेको व्यक्तिले पनि भन्टा खानु हुँदैन । भन्टाले पत्थरीलाई अझै बढाउने गर्छ जसले गर्दा दुखाई पनि बढ्छ ।

यदी तपाईंलाई कुनै प्रकारको एलर्जी छ, जो भन्टा खाँदा देखिने गर्छ भने पनि भन्टाको सेवन नगर्नुहोस् । यसले समस्या झनै बढाउन सक्छ ।

भन्टाले पेटसँग जोडिएका समस्याहरुलाई पनि अझै बढाउने काम गर्छ । यदी तपाईंलाई ग्यास, कब्जियत तथा अपच जस्तो समस्या छ भने पनि भन्टाको सेवन नगर्नुहोस् ।

यदी तपाईंलाई शरीर दुख्ने वा कुनै प्रकारको बाथको समस्या छ भने पनि भन्टा नखानुहोस् । यसको सेवनले बाथको दुखाईलाई बढाउन सक्छ ।

Next Post

शुक्लाफाँटामा नीलगाई

२० फाल्गुन २०८०, आईतवार ०४:१९
कञ्चनपुरको बेलौरी नगरपालिका– ६ भुराकोटका स्थानीय किसानको गहुँबाली चर्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको नीलगाई। नीलगाई बाघ, चितुवालगायतका मांसाहारी जनावरको आहारा प्रजातीका रुपमा पर्दछ।  तस्बिरः रासस