जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

  ।   ३१ जेष्ठ २०८२, शनिबार ०७:४२

जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–७ बगराका अन्दाजी १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको हो ।

साथै अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनमा गम्भीर भएका सोही वडाका १९ वर्षीय जयबहादुर परियारको नेपालगन्जस्थित अस्पतादलमा उपचार भइरहेको छ ।

शुक्रबार नलगाड नगरपालिका–७ खगेनकोटस्थित जाजरकोट–डोल्पा सडक खण्डमा सरिया लोड गरी दल्लीदेखि कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते विनोद र जयबहादुरलाई उद्धार गरी उपचारका लागि प्रहरीले नगर अस्पताल दल्ली पठाएको थियो । दल्लीमा प्राथमिक उपचारपछि दुबै जनालाई रुकुमपश्चिमस्थित चौरजहारी मिसन अस्पताल पठाइएको थियो ।

चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा चालक विनोदलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए । साथै अर्का घाइते जयबहादुरलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको उनको भनाइ छ ।

ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुमपश्चिमका प्रहरी निरीक्षक दिपेन्द्र रावलको कमाण्डमा खटिएको प्रहरी टोलीले शवको पोष्टमार्टमका लागि नगर अस्पताल दल्ली पठाएको छ ।

Next Post

कर्णालीमा ३२ अर्ब ९९ करोड ६६ लाख बजेट पेस

३१ जेष्ठ २०८२, शनिबार ०७:४२
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेस गर्नुभएको छ । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच […]

सम्बन्धित शीर्षक