कविता – सफेद झिसमिसे

  ।   २१ भाद्र २०८३, आईतवार ०८:१६

कविता – सफेद झिसमिसे

सम्झनाको लिस्नु चढेर
वर्षौं पहिले घामकिरी टिप्न
क्षितिजको छेउ पुग्दा
आफै एक्लो बने छु
कतै देउराली पनि देखिन
कतै भेटिन हिउँको सफेद तस्वीर
बसेको थिएन कसैको रेशमी फुलबुट्टे
सम्झनाको रुमाल चिनु
उम्रेर सपनाहरू
फलेका रहेन छन् खुसी
फुलेको हेर्न औधी धोको हो
हिउँ भन्दा अग्लो बनी
सफेद भएर उभिदा
घामकिरीको उज्यालोले
बरोबर सपनाहरू अध्यारा बनाइ दियो
खुसी उठाउन बसेको
निन्द्रा रातभर निदाइ बस्यो
कहिल्यै बिउँझेन
अनिदो रात बनेर
घामकिरी नपुग्ने गरी
सम्झना बिचमै बसी राख्दा
क्षितिज पुग्ने लिस्नु
कतै उज्यालो भएन
घामकिरी टिप्न्न भनी
आफै क्षितिज सम्म पुगेको
सपना घामकिरी संगै बिउँझे छ
रेशमको फुलबुट्टे रुमाल
कतै भेटिन्छन् कि भनेर
बिहानको सफेद झिसमिसे संग।।

दीर्घ बहादुर शाही (डोक्काघरे)

सम्बन्धित शीर्षक