अपडेट

कविता – सफेद झिसमिसे

  ।   २१ भाद्र २०८३, आईतवार ०८:१६

कविता – सफेद झिसमिसे

सम्झनाको लिस्नु चढेर
वर्षौं पहिले घामकिरी टिप्न
क्षितिजको छेउ पुग्दा
आफै एक्लो बने छु
कतै देउराली पनि देखिन
कतै भेटिन हिउँको सफेद तस्वीर
बसेको थिएन कसैको रेशमी फुलबुट्टे
सम्झनाको रुमाल चिनु
उम्रेर सपनाहरू
फलेका रहेन छन् खुसी
फुलेको हेर्न औधी धोको हो
हिउँ भन्दा अग्लो बनी
सफेद भएर उभिदा
घामकिरीको उज्यालोले
बरोबर सपनाहरू अध्यारा बनाइ दियो
खुसी उठाउन बसेको
निन्द्रा रातभर निदाइ बस्यो
कहिल्यै बिउँझेन
अनिदो रात बनेर
घामकिरी नपुग्ने गरी
सम्झना बिचमै बसी राख्दा
क्षितिज पुग्ने लिस्नु
कतै उज्यालो भएन
घामकिरी टिप्न्न भनी
आफै क्षितिज सम्म पुगेको
सपना घामकिरी संगै बिउँझे छ
रेशमको फुलबुट्टे रुमाल
कतै भेटिन्छन् कि भनेर
बिहानको सफेद झिसमिसे संग।।

दीर्घ बहादुर शाही (डोक्काघरे)

Next Post

सुर्खेतमा ‘जेन्जी चोक’ घोषणा, विद्रोहका उपलब्धि र क्षतिबारे गम्भीर बहस

२१ भाद्र २०८३, आईतवार ०८:१६
सुर्खेत । जेन्जी दिवस तथा जेन्जी विद्रोहको स्मरणमा सुर्खेतको घण्टाघर परिसरमा ‘जेन्जी विद्रोह : के पायौँ, के गुमायौँ ?’ विषयक कार्यक्रम सम्पन्न भएको छ। जेन्जी परिषद्, कर्णाली प्रदेशको आयोजनामा भएको कार्यक्रममा विद्रोहका क्रममा ज्यान गुमाउने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो। आन्दोलनका क्रममा दुवै आँखा गुमाएका सन्तोष […]

सम्बन्धित शीर्षक