कविता को पुगेन

  ।   १४ भाद्र २०८३, आईतवार २१:१६

दीर्घ बहादुर शाहीको कविता “को पुगेन “
परार साल बाढी पुग्यो
पहिरो पुग्यो
भोकमरी पुग्यो
आँधिबेरी पुग्यो
बाढी संगै बाढी भेट्न्
गएको अनजान खुसी फर्केन
मसिना बोली बोकेर
गिलास फर्क्यो
गिलास संगै थोरै शराप पुग्यो
पुग्यो अलिकति अत्तर पुग्यो
र भन्यो अब पुग्न बाकी को पुगेन
हेरी रहे
परार साल पुगेको
बाढी फेरि आइ पुग्यो
भोकमरी आइ पुग्यो
आँधिबेरी आइ पुग्यो
मसिनो बोली बोकेर
गिलास आइ पुग्यो
संगसंगै अत्तर आइ पुग्यो
तर कहिल्यै आइ पुगेन
परार साल पहिरो संगै गएको
सन्तान आइ पुगेन
भोकमरी संगै गएको
भोक पुगेन
आँधिबेरी संगै उडेको
आधी फर्केन
अझ फेरिफेरी उहीँ फर्क्यो
बाढी पहिरो
आँधिबेरी भोकमरी
फर्केन जिउँदो आस
जिउँदो रहदा सम्म
कोही फर्केन।।
दीर्घ बहादुर शाही (डोक्काघरे)

Next Post

१० वर्षदेखि आश्वासनमै पुल, जीर्ण बाँसको पुलबाट जोखिम मोलेर यात्रा गर्दै स्थानीय

१४ भाद्र २०८३, आईतवार २१:१६
विद्यार्थीको ज्यान जोखिममा, जनप्रतिनिधिका आश्वासन फेरिए तर पर्सेनी–अलायचौर जोड्ने स्थायी पुल बनेन महेन्द्र रेग्मी सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९ स्थित पर्सेनी र अलायचौर जोड्ने स्थायी पुल निर्माणको माग उठेको करिब दुई दशक पुग्न लाग्दा पनि स्थानीयको समस्या समाधान हुन सकेको छैन। पटक–पटक जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वसमक्ष पुल निर्माणको माग राख्दै आए […]