जुम्लामा वडाध्यक्ष कै मोटरसाइकल चोरी

  ।   १० भाद्र २०८१, सोमबार ०८:०३

जुम्ला । एक सय पचाँस सि सी कालो रङको पल्सर मोटरसाइकल चोरी भएको छ । जुम्लाको तातोपानी गाउँपालिका – ३ का वडा अध्यक्ष गोकर्ण रावलको आफ्नै निवासको आँगनमा पार्किङ गरेर राखेको क.प्र.०१-००१/ ०३७९ नम्बरको एक सय पचाँस सिसि को कालो रङ भएको पल्सर मोटरसाइकल भदौ ४ गते राती चोरी भएको हो ।

घटना भएको राती नै प्रहरीलाई जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्लाबाट विभिन्न ठाउँहरुमा चेक पोइन्ट समेत राखी प्रहरी परिचालन गरी खोजतलास गर्दै जाने क्रममा उक्त चोरी भएको मोटरसाइकल भदौ ०५ गते बिहानै ७ बजे चोरी भएको १२ घण्टा भित्र, जुम्ला जिल्ला तिला गाउँपालिका- ३ स्थित धन बहादुर खत्रीको खाली घर अगाडी बेवारिसे अवस्थामा फेला परेको । प्रहरी नायब उपरीक्षक छेदिलाअल कामतीले जानकारी दिनुभयो ।

उक्त मोटरसाइकल चोरी गर्ने व्यक्तिहरुको खोजीकार्य तथा अन्य अनुसन्धान भई रहेको  कामतीले बताउनुभयो ।

Next Post

मुख्य प्रशिक्षकमा भट्ट र योन्जन नियुक्त

१० भाद्र २०८१, सोमबार ०८:०३
राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएको हो । २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य […]