अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ

  ।   २ श्रावण २०८१, बुधबार ०६:५३

सुर्खेत। अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुङ्गा झरेर सडक अवरुद्ध भएको थियो ।

वर्षाका कारण आज बिहानदेखि सडक अवरुद्ध भएको सडक मेसिन परिचालन गरी सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जानकारी दिए ।
सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै रोकिएका थिए । वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।

 

Next Post

जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना गम्भीर घाइते

२ श्रावण २०८१, बुधबार ०६:५३
जाजरकोट । जिल्लाको कुशे गाउँपालिका ८ दल्लेनामा पहिरोले भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना गम्भीर घाइते भएका छन् ।  दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथि बाट पहिरोले परेर उनीहरु घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुसोत्तम पाण्डेका अनुसार घाइते हुनेहरूमा सोही स्थानका […]