जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना गम्भीर घाइते

  ।   २ श्रावण २०८१, बुधबार १०:४७
फाईल फोटो

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका ८ दल्लेनामा पहिरोले भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना गम्भीर घाइते भएका छन् ।  दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथि बाट पहिरोले परेर उनीहरु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुसोत्तम पाण्डेका अनुसार घाइते हुनेहरूमा सोही स्थानका वर्ष ३५ का दलसरी थापा, उनकी छोरी ४ वर्षीया हस्तीका थापा, बर्ष २९की कमला थापा, र १७ वर्षीया निरमाया थापा रहेका छन् ।

घाइतेहरू मध्य विष्णु थापाको अवस्था गम्भीर रहेको जनाइएको छ । राती भएको घटना लगत्तै वडा अध्यक्ष डिल्ली बहादुर सिंहले जानकारी गराए पश्चात् प्रहरी चौकी पैंक वाट घटनास्थलमा पुगी घाइतेहरू लाई उद्धार गरिएको थियो ।

घाइतेहरूलाई प्रहरी र स्थानीयले बोकेर सुरक्षित स्थानमा राखिएको र अहिले उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाउने तयारी भएको वडा अध्यक्ष डिल्ली बहादुर सिंहले जानकारी दिए। घाइतेहरू लाई हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको डिएसपी पाण्डेले जानकारी दिए । मौसम प्रतिकुलताका कारण हेलिकोप्टर आउन ढिलाइ भइरहेको डिएसपी पाण्डेको भनाई रहेको छ ।

Next Post

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म विशेष पूजाआराधना आजदेखि सुरू

२ श्रावण २०८१, बुधबार १०:४७
काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका […]