कालीकोट । महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन भएको छ । चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन भएको हो ।
चालु आ .व. को तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिने भने पनि पुरा डाटा अझै नआएको गाउँपालिकाले जनाएको छ । एकल पुरुषलाई मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिनका लागी दुई लाख बजेट विनियोजित गरेको र सबै वडा बाट डाटा संकलन भए पछी भत्ता दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. प्रकाश शाहीले जानकारी दिनुभयो ।
“चालु आवको गाउँसभाबाट एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो,” उहाँले भन्नुभयो, । मापदण्ड भित्रका एकल पुरुष काम गर्न शारीरिक रुपमा कमजोर हुँदै जाने र आर्थिक रुपमा कमजोर पुरुषलाई उहाँहरुको सहाराका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिने बताउनुभयो ।
तेस्तै गाँउपालिका अध्यक्ष खेम बहादुर सिंहले “६० वर्ष उमेर पुगेपछि नागरिकले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ,” उहाँले भन्नुभयो, “त्यसभन्दा कम उमेरका एकल पुरुषलाई भत्ता दिन थालेका छौँ ।” गाउँपालिकाले ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्ष सम्मका पुरुषलाई मासिक भत्ता दिने बताउनुभयो ।।