अपडेट

कांग्रेस असन्तुष्ट पक्षद्वारा शशांकको नेतृत्वमा राष्ट्रिय भेला तयारी, नयाँ पार्टीको संकेत

  ।   १६ श्रावण २०८३, शनिबार १९:०३

काठमाडौं। नेपाली कांग्रेसको असन्तुष्ट समूहले आगामी साउन २९ गते हुने राष्ट्रिय भेलाका लागि पूर्वमहामन्त्री शशांक कोइराला को संयोजकत्वमा ५२१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।

शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत विभिन्न १६ वटा विषयगत समिति पनि घोषणा गरिएको छ। ती समितिले विधान, राजनीतिक प्रस्ताव, संगठनात्मक ढाँचा तथा नीतिगत दस्तावेज तयार गर्ने जिम्मेवारी पाएका छन्।

असन्तुष्ट पक्षले राष्ट्रिय भेलासम्म पार्टीभित्र एकताको सहमति हुन नसके शशांककै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गर्ने विकल्प खुला रहेको संकेत दिएको छ। नेता  मीन विश्वकर्मा ले भेला पार्टीलाई नयाँ दिशा दिने उद्देश्यका साथ आयोजना गरिएको बताउँदै सहमति नभए नयाँ स्वरूपमा अघि बढ्ने स्पष्ट पारे।

पत्रकार सम्मेलनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सहितका नेताको उपस्थिति थियो। शशांकले शेखर कोइराला को पनि अभियानप्रति समर्थन रहेको दाबी गरेका छन्।

असन्तुष्ट समूहले संस्थापन पक्षसँगको सहमति प्रयास निष्कर्षमा नपुगे राष्ट्रिय भेलाबाटै नयाँ राजनीतिक यात्राको घोषणा हुन सक्ने संकेत दिएको छ।

Next Post

कर्णालीमा मन्त्रालय भागबण्डामै अड्कियो शाही सरकार

१६ श्रावण २०८३, शनिबार १९:०३
मन्त्रिमण्डल विस्तारमै रोकियो कर्णाली सरकार मन्त्रालय भागबण्डामा एमाले–नेकपाबीच रस्साकस्सी मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएको दुई दिन बित्दासमेत मन्त्रिपरिषद् गठन हुन सकेन : मन्त्रालयको संख्या र भागबण्डामा सहमति नजुट्दा सरकार अलमलमा। सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही ले पद तथा गोपनीयताको शपथ लिए पनि सरकार गठन भने अझै अन्योलमै परेको […]

सम्बन्धित शीर्षक