अविरल वर्षाले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

  ।   १३ भाद्र २०८१, बिहीबार ०९:५१
फाईल फोटो

कालीकोट । वर्षाका कारणले पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधवार दिउसोबाट परेको अविरल वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका १ गगनेखोलामा भीषण पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरोले कालीकोट खण्ड पुर्ण रुपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने र जुम्लाबाट आउने तायातका साधन गगनेखोलामै थन्किएकाले कालीकोट र अन्य जिल्ला, स्थानमा जाने यात्रु अलपत्र छन् ।

पहिरो गगने खोला सँगै हुल्मवाजर, एसमोड, दहिखोला लगायतका ठाउँमा झरेको छ । उता कर्णाली करिडोरको रेगिल, फुगाढ लगायतका ठाउँमा आएको पहिरोले करिडोर समेत अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबै भन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा एक्स्काभेटर लगाएर पन्छाउने काम भइरहेको बताउनुभयो । मौसम सफा देखिएकाले आजै सडकलाई सुचारु गराउन सकिन्छ भनेर भन्न सकिने अवस्थामा रहेको बताउनुभयो । थप पानी नपरेको खण्डमा आजै सडक खुल्न सम्भवतः त ठुलो पहिरो पन्छाउने बित्तिकै स साना पहिरो गाडी सगसगै पन्छाउँदै सडक सुचारु गराउने प्रयासमा रहेको बताउनुभयो ।

Next Post

अबरुद्ध कर्णाली राजमार्गको सडक खुल्न कम्तीमा ३ दिन लाग्ने

१३ भाद्र २०८१, बिहीबार ०९:५१
कालिकोट । अविरल वर्षापछि आएको भिषण पहिरोले साविक कर्णालीको जुम्ला,कालिकोट,मुगु जोड्ने एकमात्र राष्ट्यि राजमार्ग कर्णाली राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ । बुधबार रातीदेखि भएको अविरल वर्षापछि आएको गगने खोलामा आएको भिषण पहिरोले सडक र दहिखोलामा आएको पहिरो पूलनै बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो । राजमार्गको गगने खोला,एस […]