मुस्कुराउदै मिलन भयो गायिका यशोदा र जर्माको

  ।   १७ मंसिर २०८१, सोमबार १४:४५

कालिकोट । कर्णालीको चेलीको रुपमा परिचित गायिका विपना सिंहको तस्वीर समेत राखेर सामाजिक सञ्जालमा उनकि आमा जर्मा सिंहको अडियो भाइरल भएको बिबाद समाधान भएको छ ।

आइतबार रातिदेखि एकाएक सामाजिक सञ्जालमा चर्चा पाएको भिडीयो क्लिप सोमबार बिहानै देखि गायिका देवकोटाले फेसबुकबाट हटाएकि छन् । आइतबार विहान उधोग वाणिज्य संघको हलमा गरिएको छलफलमा गायिका विपना सिंहको आमा जर्मा सिंहले आफुमा प्रेसर रोग हुनुको कारण एक्काशी आवेगमा आएर विपना सरहकै छोरी यशोदाको मन दुखाउन पुगेको भन्दै गल्ति स्विकार गरेकि हुन।

अडियो रेकर्डबाट विपना सिंहको फोटो राखेर सामाजिक सञ्जालमा आउँछ भन्ने आफुले कल्पना पनि नगरि आफ्नो लोग्ने र छोरी विपनाको सुझाव नटेरेर आवेगमा यशोदा माथि अपशब्द प्रयोग गरेको उनले स्वीकार गरेकि हुन । गायिका तथा देउडा खेलाडी देवकोटाले पनि विपना र आफुबिच जति राम्रो सम्बन्ध भएता पनि आमाले गालिगलौच गरेपछि असहैय भएर आफुले पनि विपनाको फोटो भएको भिडीयो क्लिप सार्वजनिक गरेर गल्ति गर्न पुगेको बताएकि छन ।

आफ्नो पत्निको आवेगको अभिव्यक्तिले छोरी विपनाको लोकप्रियता र सामाजिक प्रभावमा समेत असर गर्नुका साथै आफ्नो राजनीतिक छविमाथि पनि प्रश्न उठेको भन्दै विपनाक‍ो बुवा चित्रसिंह गाउँलेले समस्या समाधानका लागि यशोदाले महानता देखाउन जरुरी रहेको र आफ्नो लागि यशोदा पनि विपना जस्तै माया गर्नुपर्ने १ छोरी थप भएको भन्दै मेलमिलापको रातो टीका लाउन आग्रह गर्नुभएको थियो ।

आफ्नो बिना गल्ति पनि आमा र दिदी यशोदा को कारण आफ्नो तस्विर सहित भिडियो सार्वजनिक भैदिदा सबैभन्दा असर आफुले सामना गरिरहेको भन्दै आफुमा जे जस्तो असर परेपनि अबका दिनमा झन सुमधुर सम्बन्धका साथ मिलेर जानुको विकल्प नरहेको बताएकि छन ।

खाँडाचक्र नगरपालिकाका पूर्व नगर प्रमुख जसि प्रसाद पाण्डे , नरहरिनाथ गाउँ पालिका अध्यक्ष नगेन्द्र बिष्ट , देउडा सम्राट नेत्रराज शाही , वकिल लाल बहादुर मल्ल , उधोग वाणिज्य संघ अध्यक्ष रतन बहादुर शाही , पत्रकार काली बहादुर मल्ल , खडानन्द अधिकारी , पुष्पराज भट्टराइ लगायतको रोहवरमा गायिका देवकोटा र जर्मा मुस्कुराउदै रातो टीका लगाएर मिलन गरेका थिए ।

Next Post

खाँडाचक्रमा वर्तमान वनमा देखिएका समस्या निति कानुन सम्बन्धमा अर्थपूर्ण परामर्श

१७ मंसिर २०८१, सोमबार १४:४५
कालिकोट । खाँडाचक्र नगरपालिकामा वर्तमान वनमा देखिएका सवालका साथै निति कानुन सम्बन्धमा र सामुदायिक वनमा सहभागितामूलक अर्थपूर्ण परामर्श छलफल सम्पन्न भएको छ । सामुदायिक वन महासंघ नेपाल र जिल्ला महासंघ कालिकोटको आयोजनामा “स्थानीय सरकार तथा स्थानीय स्तरका सामुदायिक वनका प्रतिनिधि बिच खाँडाचक्र भित्रकम सामुदायिक वन अधिकार सुनिश्चितता” भन्ने नाराका साथ […]