सुदूरपश्चिम एमालेबाट ४६ जनाले बुझाए संयुक्त राजीनामा

  ।   २२ पुष २०८१, सोमबार १६:३६

कैलाली । नेकपा (एमाले) कैलालीको गोदावारी नगरकमिटीका सदस्य कल्पनाकुमारी विकसहित ४६ सदस्यहरुले संयुक्त राजीनामा दिएका छन् ।

एमालेमा बस्दा पटक–पटक अपमानित र अपहेलित हुनुपरेको भन्दै उनीहरुले संयुक्त राजीनामा दिएका हुन् । माओवादी पृष्ठभूमिका उनीहरु एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनपछि उनीहरु एमालेमै बसेकेका थिए ।

तत्कालीन माओवादीले गरेको जनयुद्धलाई इन्कार गर्न नसकिने र अहिलेको गणतन्त्र, संघियता, समावेशिता सबै जनयुद्ध कै जगमा आएको निष्कर्षसहित उनीहरु एमालेबाट बाहिरिएका हुन् ।

एमाले महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि यहाँभित्र बसिरहन आवश्यक नठानेको उनीहरुले पत्रमा उल्लेख गरेका छन् ।

Next Post

कर्णालीमा भूकम्पले क्षतिग्रस्त शिक्षा र स्वास्थ्यका पूर्वाधार बनाउदैँ प्रदेश सरकार

२२ पुष २०८१, सोमबार १६:३६
सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षतिग्रष्त सामुदायिक विद्यालयका भवन तथा स्वास्थ्य संस्थाको पुननिर्माण कार्य तत्काल अघि बढाउने भएको छ । २०८० कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु भएर गएको भुकम्पले क्षतिग्रस्त शिक्षा र स्वास्थ्यका पूर्वाधारको पुननिर्माण तथा नयाँ संरचना निर्माणको कार्य भौतिक पूर्वाधार मन्त्रालयले अघि बढाउने भएको हो […]