अपडेट

एरिचोकमा मध्यरातको हुलदंगा : जाँड–रक्सी सेवनपछि होहल्ला गर्ने चार जना पक्राउ

  ।   १८ श्रावण २०८२, आईतवार १६:२८

सुर्खेत। वीरेन्द्रनगरको एरिचोक नजिक मध्यरातमा जाँड–रक्सी सेवनपछि सार्वजनिक स्थानमा हुलदंगा मच्चाउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, शनिबार राति करिब १ बजे, उनीहरूलाई सार्वजनिक ठाउँमा होहल्ला र झैझगडा गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार, पक्राउ परेकाहरूले सार्वजनिक शान्ति विथोल्ने खालको गतिविधि गरेको पुष्टि भएपछि तत्काल नियन्त्रणमा लिइएको हो।

“उनीहरूले यसअघि पनि यस्तै गतिविधि गरेका थिए कि यो पहिलो घटना हो भन्नेबारेमा अहिले अनुसन्धान भइरहेको छ,” एसपी शाहीले बताए।
हालसम्म पक्राउ परेकाहरूको पहिचान सार्वजनिक नगरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले स्थानीय शान्ति–सुरक्षामा खलल पुयाउने गतिविधिप्रति सतर्कता बढाएको जनाएको छ। यस घटनाले सार्वजनिक ठाउँमा मद्यपानपछि देखिने अनुशासनहीन व्यवहारप्रति प्रहरीको निगरानी कडा भएको सन्देश दिएको छ।

Next Post

कर्णालीमा कर्मचारी सरुवाले मच्चायो राजनीतिक घम्साघम्सी, निष्पक्षता माथि प्रश्न

१८ श्रावण २०८२, आईतवार १६:२८
सुर्खेत। कर्णाली प्रदेश सरकारले साउन १५ गते एकैपटक ३०५ स्थानीय तहका कर्मचारीको सरुवा गरेपछि प्रदेशभर राजनीतिक तापमान चुलिएको छ। सरुवामा दलगत पक्षपात भएको भन्दै विभिन्न तहबाट आलोचना हुन थालेको छ। मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमाथि सरुवा प्रक्रिया राजनीतिक आस्थाका आधारमा गरिएको आरोप लागेको हो। सरुवा सूची सार्वजनिक भएसँगै सत्तारूढ एमालेबाहेकका […]