डिजेल र मट्टीतेलको मूल्य घट्यो

  ।   १५ कार्तिक २०८१, बिहीबार २१:१५

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले बिहीबार मध्य रातबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो।​

काठमाडौँ‚ पोखरा र दिपायलमा यी दुई पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ। त्यसैगरी सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ।​

योपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेको छैन ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २५ पैसा र डिजेलमा १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

Next Post

सभापति बिहिन कर्णालीको ‘मिनी पार्लियामेन्ट’

१५ कार्तिक २०८१, बिहीबार २१:१५
सुर्खेत । सदन नचलेको बेला सरकारका काम कारबाहीमाथि निगरानी राख्ने, विधि, प्रक्रिया तथा जनचाहना अनुसार काम गर्न सरकारलाई निर्देशन दिने, आवश्यक परे कारबाहीका लागि सिफारिस गर्नु लगायतको प्रमुख कार्य जिम्मेवारी संसदीय समितिहरूलाई हुन्छ । यद्यपि कर्णाली प्रदेश सभा अन्तर्गतका संसदीय समिति भने यतिबेला निष्क्रिय छन् । कर्णाली प्रदेश सभा अन्तर्गत […]