कालिकोट । खाँडाचक्र नगरपालिकामा वर्तमान वनमा देखिएका सवालका साथै निति कानुन सम्बन्धमा र सामुदायिक वनमा सहभागितामूलक अर्थपूर्ण परामर्श छलफल सम्पन्न भएको छ ।
सामुदायिक वन महासंघ नेपाल र जिल्ला
महासंघ कालिकोटको आयोजनामा “स्थानीय सरकार तथा स्थानीय स्तरका सामुदायिक वनका प्रतिनिधि बिच खाँडाचक्र भित्रकम सामुदायिक वन अधिकार सुनिश्चितता” भन्ने नाराका साथ सहभागितामूलक अर्थपूर्ण परामर्श तथा अन्तर्क्रिया कार्यक्रम मान्ममम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य दक्षिणा शाहीेले सामुदायिक वनमा उद्यम गरी आयआर्जन बढाउनुपर्ने बताइन् । उनले भनिन् ‘उपभोक्ताले खाली खुट्टा डोकोमा बिरुवा बोकेर वृक्षारोपण तथा संरक्षण गरेर हराभरा भएको जङ्गलबाट वनजन्य उत्पादन गरी गरिबी निवारणका लागि आयआर्जन मूलक गर्नुपर्छ ।’ कार्यक्रम सहजिकरण शाहीले गर्दै वनको संरक्षण तथा स्थानीय आदिवासी उपभोक्ताको अधिकार सुनिश्चित हुनुपर्ने बताइन् ।
स्थानीय सरकार ११ नम्बर वडा अध्यक्ष देवराज भारतिले सामुदायिक वनभित्र सिकार गरेर चोरी निकासी भएको खबर पाएकोले बताए ।
कार्यक्रममा सहभागीहरूले वन डँडेलो नियन्त्रण गरि बिरुवा रोपेर हरियाली बनाउन वडा सरकारको आवश्यक रहेको बताएका छन । तेस्तै जंगली जनावर बादर र बाघका कारण खेती बाली नष्ट गरेर हैरानी पारेकोले समस्या परेको बताए ।
साथै हाम्रो सामुदायिक वनमा अतिक्रमण पनि बढेको छ ।’ सामुदायिक वन उपभोक्ता महासङ्घ स्थानीय सरकार तथा स्थानीयस्तरका समन्वयात्मक कार्यहरूबाट नेपालमा सामुदायिक वन अधिकार सुनिश्चितता कार्यक्रम अन्तर्गत आयोजनामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक वन महासङ्घका पदाधिकारीहरू, स्थानीय उपभोक्ता गरी ३२ जना सहभागी थिए ।
जिल्ला वन उपभोक्त महासंघ कालिकोटका अध्यक्ष कल बहादुर मल्लले वनमा देखिएका समस्याहरु र स्थानीय सरकार सगको समन्वय र सामुदायिक वन अधिकार सुनिश्चिता कार्यक्रम सन्चालन गर्ने सरोकारवाला बिच कार्यनयन लागि सहमति भएको निर्णय गरियको बताउनुभयो ।