अपडेट

२३ वर्षीय अरबिन्द रोकाया कांग्रेस कालिकोट ‘ख’ को क्षेत्रीय सचिवमा निर्वाचित

  ।   २८ आश्विन २०८३, बुधबार ०७:२५

कालिकोट । नेपाली कांग्रेस कालिकोट देउवा समुहको ‘ख’ प्रदेश सभा क्षेत्रीय सचिवमा २३ वर्षीय अरबिन्द रोकाया ‘अनुभव’ सर्वसम्मत निर्वाचित भएका छन्। क्षेत्रीय सभापतिमा युवा नेता मेघराज विष्ट चयन भएका छन्।

युवा उमेरमै पार्टीको क्षेत्रीय नेतृत्वमा जिम्मेवारी पाएका रोकाया कालिकोटको पलाता गाउँपालिका–३ निवासी हुन्। उनको निर्वाचनलाई स्थानीय राजनीतिमा युवा सहभागिता र नेतृत्व विकाससँग जोडेर हेरिएको छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ), कालिकोटको सदस्यका रूपमा विद्यार्थी राजनीतिमा आबद्ध रोकाया विद्यार्थी जीवनदेखि नै संगठनात्मक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनी विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्यसमेत हुन्।

नेविसंघमार्फत विद्यार्थी राजनीतिमा प्रवेश गरेका रोकाया सामाजिक तथा वैचारिक गतिविधिमा समेत संलग्न छन्। २३ वर्षको उमेरमै नेपाली कांग्रेसको क्षेत्रीय सचिवको जिम्मेवारी प्राप्त गरेपछि उनको राजनीतिक यात्राले नयाँ चरणमा प्रवेश गरेको छ।

यसैगरी, ‘ख’ प्रदेश सभा क्षेत्रीय सभापतिमा चयन भएका मेघराज विष्ट पनि युवा नेता हुन्। क्षेत्रीय नेतृत्वका दुवै प्रमुख पदमा युवा नेताहरू चयन हुनुले पार्टीभित्र नयाँ पुस्ताको सहभागिता बढेको संकेत गरेको छ।

नयाँ जिम्मेवारीमा पुगेका रोकाया र विष्टको नेतृत्वमा पार्टी संगठन सुदृढीकरण, युवाको सहभागिता अभिवृद्धि तथा स्थानीय जनताका सवाल उठाउने विषयमा कस्तो भूमिका निर्वाह हुन्छ भन्ने चासो बढेको छ।

Next Post

कांग्रेस कालिकोटको आठौँ जिल्ला अधिवेशन , नेतृत्व चयन प्रक्रिया जारी

२८ आश्विन २०८३, बुधबार ०७:२५
  कालिकोट । नेपाली कांग्रेसको देउवा समूह कालिकोटको आठौँ जिल्ला अधिवेशन प्रभावशाली युवा नेता भुपेन्द्रजङ्ग शाहीको प्रमुख आतिथ्यता तथा कर्णाली प्रदेशका प्रवक्ता एवं कालिकोटका लागि केन्द्रीय प्रतिनिधि दमनबहादुर शाहीको विशेष आतिथ्यतामा उद्घाटन तथा समापन गरिएको छ। अधिवेशनको बन्दसत्रबाट प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ सहित जिल्ला नेतृत्व तथा केन्द्रय प्रतिनिधी चयनको […]