सुर्खेत । हुम्लामा बुधबार भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मुगुको छायाँनाथ रारा नगरपालिका–१, का रमेश मल्लको उपचारका क्रममा मृत्यु भएको हो । मल्ल उक्त जीपका मालिक समेत हुन् ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा बुधबार साँझ उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए। बुधबार बिहान जिल्लाको चङ्खेली गाउँपालिका २ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप मुगु सडकको गौरीसल्लामा दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका रमेशसहित चार जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो।