कांग्रेस मुगुद्वारा प्रतिनिधिसभा सदस्यका लागि ७ नाम सिफारिस, ऐनबहादुर शाही अग्रपंक्तिमा

  ।   २५ मंसिर २०८२, बिहीबार २०:५४

रतन रावल,

मुगु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस मुगुले ७ जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। कांग्रेस जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले प्रत्यक्ष र समानुपातिक तर्फ गरी कुल ७ जनाको नाम अनुमोदन गरेको हो।

जिल्लाबाट प्रत्यक्ष तर्फ नेपाली कांग्रेस सभापति तथा निर्वतमान वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई प्रमुख दाबेदारका रूपमा सिफारिस गरिएको छ। साथै, पूर्व पार्टी सभापति खडकबहादुर शाही र महिलातर्फबाट रमाइली रावललाई पनि प्रत्यक्ष उम्मेदवार सूचीमा समावेश गरिएको कांग्रेसले जनाएको छ।

समानुपातिकतर्फ मुगुबाट कला, समाजसेवा तथा राजनीतिक विविधतामा सक्रिय व्यक्तित्वहरूको सहभागिता देखिएको छ। कालोपोथी फिल्मका निर्देशक मीन भाम, भिम तिरुवा तथा केशरकला मल्लको नाम समानुपातिक कोटामा प्रस्ताव गरिएका छन्।

त्यस्तै, राष्ट्रिय सभाका लागि जिल्लाबाट नेपाली कांग्रेस नेता तथा पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस गरिएको छ।

जिल्ला सभापति तथा नेताहरुले आगामी निर्वाचनमा कांग्रेसलाई सशक्तरूपमा उभ्याउने रणनीति अनुसार अनुभव, जनसम्पर्क र लोकप्रियताको आधारमा नाम सिफारिस गरिएको बताएका छन्।

Next Post

सनिश्चवार फाइनल लुम्बिनी लायन्सले र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धामा

२५ मंसिर २०८२, बिहीबार २०:५४
काठमाडौं — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्यो। लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगर १७।५ ओभरमै ९४ रनमा समेटियो। विराटनगरका साम हिजलेटले ३४, […]