काठमाडौं । आज साँझदेखि कर्णाली प्रदेशका आठ जिल्ला अति भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ ।
यो वर्षा २९ गते शनिवार बिहानसम्म देशका पश्चिमी क्षेत्र सुर्खेत, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाम लगाएतका आसपासका क्षेत्रमा भारी वर्षाको अनुमान गरिएको हो । भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । ‘सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ,’ ।
भारी वर्षा हुने स्थानमा भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले डुबानको समस्या आउने महाशाखाको भनाइ छ ।
‘शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध छ’, विशेष सूचनामा भनिएको छ ।
त्येस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ। जिल्लागत मनसुनी वर्षाको जोखिमको विवरण अनुसूची १ मा समावेश गरिएको छ। आज राती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।