कबड्डि प्रशिक्षक भट्ट रा.खे.प. को सर्वोत्कृष्ट परिषद सेवा पुरस्कार बाट सम्मानित

  ।   २६ भाद्र २०८१, बुधबार २२:१५

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१औं वार्षिकोत्सवमा कबड्डिका प्रशिक्षक बिष्णुदत्त भट्ट सर्वोत्कृष्ट परिषद सेवा पुरस्कार बाट सम्मानित भएका छन् ।

त्यस्तै कराँतेकि एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ पनि वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरेका हुन्।

प्रशिक्षक भट्टले गत बर्ष चीनको हाङजाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालको ईतिहासमै सामुहिक खेल तर्फ पहिलो पटक नेपाललाई महिला कबड्डिबाट पदक दिलाउन सफल हुनुका साथै भर्खरै मात्र बङ्गलादेशमा सम्पन्न बागबन्धु कप पुरुष कबड्डिमा पदक दिलाउन सफल भएका थिए भने करिब ७ हजार  खेलाडीलाई प्रशिक्षण समेत गरिसकेका छन् ।

खेलाडि तर्फ एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। त्यस्तै उनले १०औं सितोरियो कराते विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

स्यान्टु पेरिस ओलम्पिक्समा छनोट हुने तेस्रो नेपाली खेलाडी हुन्। स्यान्टु अष्ट्रेलियामा रहेको कारण उनको बुवाले अवार्ड ग्रहण गरे। एरिका र स्यान्टु दुवैले सम्मान १ लाख रुपैयाँ प्राप्त गरे ।

वर्ष उत्कृष्ट महिला जुनियर खेलाडीबाट एथलेटिक्सका देवकी कुमारी धामी र वर्ष उत्कृष्ट पुरूष जुनियर खेलाडीबाट क्रिकेटका दिपेश कडेल सम्मानित भएका छन।

उनीहरुले समान २५ हजार रुपैयाँ प्राप्त गरे।
नेपाल कराते महासंघ उत्कृष्ट संघ बनेको छ।

नेपाल कराते महासंघलाई कदर पत्र प्रदान गरिनुका साथै पत्रकारिता अवार्डबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी र अनलाइन खबरकी नमिता दाहाल सम्मानित भए ।

यसैगरी करार सेवा पुरस्कारबाट प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भए। सूर्य नेपाल प्रालिलाई उत्कृष्ट प्रायोजकको रूपमा सम्मान गरिएको छ। सूर्य नेपालले सन् १९९३ देखि प्रोफेसनल गल्फलाई प्रायोजन गर्दै आएको छ।

यसैगरी टेबल टेनिस प्रशिक्षक राजेन्द्र कपाली उत्कृष्ट परिषद सेवा पुरस्कार, प्रशासकीय अधिकृत हिरा प्रसाद पौडेलले सर्वोत्कृष्ट परिषद सेवा पुरस्कार , बलराम लामा र दुर्गादेवी बस्नेत परिषद सेवा पुरस्कार तथा कृष्ण घिमिरेले करार सेवा पुरस्कार प्राप्त गरे ।

कार्यक्रममा राखेपका पूर्व सदस्य सचिवहरुलाई पनि सम्मान गरिएको थियो।

Next Post

देशका विभिन्न ठाउँमा लगातार वर्षा सतर्कता अपनाउन आग्रह

२६ भाद्र २०८१, बुधबार २२:१५
सुर्खेत । देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेको सिक्टामा ७१ मिलिमिटर, कञ्चनपुरको हनुमाननगरमा ७० दशमलव २ मिलिमिटर र सुन्दरपुरमा ६२ दशमलव ८ मिलिमिटर पानी परेको छ । यस्तै दाङको लालमटियामा ६९ दशमलव ४ मिलिमिटर र लमहीमा ६५ दशमलव ८ मिलिमिटर तथा पर्साको वीरगञ्जमा ६६ मिलिमिटर […]

सम्बन्धित शीर्षक