अपडेट

दोस्रो पुरमल स्मृति कप भलिबल प्रतियोगिता उद्धघाटन

  ।   १२ आश्विन २०८२, आईतवार २१:११

कालिकोट । खाँडाचक्र नगरपालिका–३, ताडीमा यस वर्ष दोस्रो पुरमल शाही स्मृति कप पुरुष भलिबल प्रतियोगिता आईतबार उद्धघाटन भएको छ।

साबिक मान्म गाविसका उप–प्रधान तथा समाजसेवी स्व. पुरमल शाहीको सम्झनामा आयोजना हुँदै आएको यो प्रतियोगितामा खाँडाचक्र नगरपालिका भित्रका ११ टिमहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन खाँडाचक्र नगरपालिकाका पुर्व मेयर जसी प्रसाद पाण्डेले गरेका छन । विजेता कप, मेडल, प्रमाणपत्रसहित नगद रु ३०,०००,उपविजेता : कप, मेडल, प्रमाणपत्रसहित नगद रु २०,००० प्रदान गरिने छ ।

 

Next Post

दशैँ–तिहार यात्राः भीड, जोखिमपूर्ण सडक र यात्रुको बाध्यता

१२ आश्विन २०८२, आईतवार २१:११
कालिकोट । दशैँ–तिहार नजिकिँदै जाँदा गाउँ फर्किने यात्रुको चाप बढेसँगै कर्णालीका ग्रामीण सडकहरू असहज र जोखिमपूर्ण बन्न थालेका छन्। सामान्यतया शून्यजस्तै हुने आवतजावत चाडपर्वमा भने यात्रुका लागि कष्टकर यात्राको बाध्यता बनेको छ। सुर्खेतदेखि कालिकोटतर्फ जाने सार्वजनिक यातायातका गाडीमा यात्रुलाई बस्ने सिट नै पाउन गाह्रो भएको छ। कतिपयले १०–१२ घण्टासम्म ठडिएरै […]