अपडेट

बालमन्दिर शिक्षक अभिभावक संघको अध्यक्षमा पाण्डे

  ।   ११ माघ २०८१, शुक्रबार १९:२३

कालिकोट । महादेव आधारभूत विद्यालय बालमन्दिरमा शिक्षक अभिभावक संघको नयाँ नेतृत्व चयन भएको छ । शिक्षक अभिभावक संघको नयाँ नेतृत्व चयनमा पुन अध्यक्षमा नभराज पाण्डे दोहोरीएका छन् ।

खाँडाचक्र नगरपालिका १ को सदरमुखकाम मान्ममा अवस्थित महादेव आधारभूत विद्यालय बालमन्दिरको शिक्षक अभिभावक प्रतिनिधिहरुको बिहिबार सम्पन्न भेलाले नभराज पाण्डेको अध्यक्षतामा ११ जना नयाँ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ ।

अभिभावक संघको सदस्यहरुमा जलु गोराल, टुल्का दर्जी, मैया मल्ल, डल्ली शाही,रबिन्द्र पाण्डे, र केशुदा शाही निर्वाचित भएका छन् । सदस्य सचिवमा मायादेवि हमाल, शिक्षक प्रतिनिधि तारा कुमारी शाही, पदेना सदस्यहरुमा खाँडाचक्र नगरपालिका वडा नम्बर १ का वडा सदस्य पञ्चकन्या उपाध्याय र विद्यालयका प्रधानाध्यापक नन्दा कुमारी शाही लाई चयन गरीयको हो ।

अध्यक्ष पाण्डेले विद्यालयलाई  राजनितीकरणी हटाएर थप प्रभावकारी बनाउने बताउनुभयो ।

 

Next Post

जुम्लामा हानी नोक्सानीलाई नियन्त्रण गर्न समुदाय स्तरीय बिपद मेलाको आयोजना

११ माघ २०८१, शुक्रबार १९:२३
जुम्ला । जुम्लामा समुदाय स्तरीय बिपद मेला कार्यक्रम गरिएको छ । घरमा हुने बिपद बाट कसरी बच्न सकिन्छ र बिपद बाट हुने हानी नोक्सानीलाई नियन्त्रण गर्न समुदाय स्तरीय बिपद मेलाको आयोजना कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको आयोजनामा चन्दननाथ नगरपालिकाको – १० मा समुदाय स्तरीय बिपद […]

सम्बन्धित शीर्षक