अपडेट

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल सगैँ सयौं गाडी बगायौ

  ।   २४ असार २०८२, मंगलवार ०६:५२

काठमाडौँ । भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उनले मंगलबार बिहान रातोपाटीलाई बताए ।

उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए ।

उनले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए । रातोपाटिबाट साभार

Next Post

वर्षायाममा विषालु च्याउको सेवन सतर्कता अपनाउन विज्ञको सुझाव

२४ असार २०८२, मंगलवार ०६:५२
सुर्खेत । वर्षायाममा च्याउको उपभोग अत्यधिक हुने भएकाले सावधानी अपनाउन वनस्पतिविज्ञले सुझाव दिएका छन् । विषालु च्याउको सेवनले मानिसको मृत्यु नै हुन सक्ने भएकाले सतर्कता अपनाउन विज्ञको सुझाव छ । वर्षायाम यस सन्दर्भमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सचेतना अभियान सञ्चालन गरिरहेको छ । वर्षा लागेसँगै वनजङ्गल, झाडी र खेतबारी छेउछाउमा विभिन्न किसिमका च्याउ […]

सम्बन्धित शीर्षक