अपडेट

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीद्वारा मुगुमा २ सय भन्दा बढी बिरामीलाई निःशुल्क उपचार

  ।   ७ मंसिर २०८२, आईतवार १८:१३

रतन बहादुर रावल,

मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पूजन रोकाया स्वयं मुगु पुगेपछि त्यहाँको विशेष स्वास्थ्य शिविर उल्लेखनीय रूपमा सफल भएको छ। डा. रोकायाको नेतृत्वमा पुगेको विषयगत विशेषज्ञ चिकित्सकहरूको बलियो टोलीले २ सय भन्दा बढी स्थानीय बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको प्रतिष्ठानले जनाएको छ।

स्वास्थ्य सेवा अत्यन्तै पहुँचविहीन मानिने मुगुमा आयोजित उक्त शिविरमा विभिन्न विभागका प्रतिष्ठित विशेषज्ञहरूको सक्रिय सहभागिता रहेको थियो। जसमा डा.अनुप समाल – विभाग प्रमुख (  जेनरल मेडिसिन वा सम्बन्धित विभाग),डा . देविका – मानसिक रोग विशेषज्ञ,डा. अनुपम भुट्टेन र  विशेषज्ञ,डा.राजेन्द्र – मेडिसिन विशेषज्ञ,डा. तुफान कठायत – हाडजोर्नीरअर्थोपेडिक विशेषज्ञ लगायतका चिकित्सकहरूले बिरामीहरूको विस्तृत स्वास्थ्य परीक्षण गरी आवश्यक सेवा प्रदान गरे।

विशेषगरी जटिल उपचार तथा अपरेसन आवश्यक पर्ने गरीब बिरामीहरूको जुम्लामा पूर्ण निःशुल्क उपचार गर्ने प्रतिबद्धता उपकुलपति डा। रोकायाले सार्वजनिक रूपमा व्यक्त गरेका छन्। यसले मुगु–हुम्ला–जुम्ला जस्ता दुर्गम क्षेत्रका सर्वसाधारणमा ठूलो आशा जगाएको छ।

मुगुमा नियमित विशेषज्ञ सेवा सञ्चालनको घोषणा

प्रतिष्ठानले अबदेखि हरेक महिनाको पहिलो आइतबार मुगुमा नियमित विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यस्तै, मानसिक स्वास्थ्य सेवा विस्तारका लागि हरेक तीन महिनामा मानसिक रोग विशेषज्ञको विशेष क्लिनिक सञ्चालन गरिने पनि जनाइएको छ।

दश वर्षभन्दा बढी समय जुम्ला, मुगु र हुम्ला जस्ता दुर्गम पहाडी जिल्लामा निरन्तर सेवा प्रदान गरेका डा। रोकाया उपकुलपति बनेपछि पनि स्वयम् दुर्गम क्षेत्रमा पुगेर सेवा दिनु प्रतिष्ठानको जनमुखी सोचलाई झनै सुदृढ बनाएको स्थानीयको टिप्पणी छ।

Next Post

नरहरिनाथमा श्रमदानमार्फत ऐतिहासिक चौतारो निर्माण : गाउँको गहना पुनर्जीवित

७ मंसिर २०८२, आईतवार १८:१३
कालिकोट । परिवर्तन आफैँबाट सुरु हुन्छ भन्ने प्रेरणा बोकेर स्वाभिमान युवा संजाल तथा नरहरीनाथ गाउँपालिका–०९, लालुका युवाहरुले १३ दिनको लगातार श्रमदानमार्फत ऐतिहासिक पोख्राको चौतारो पुनर्निर्माण गरेका छन्। समाज परिवर्तनका सुन्दर उदाहरणहरू यदि कतै देखिन्छन् भने त्यो गाउँघरका जागरुक युवाहरूको अग्रसरतामा नै सम्भव हुन्छ। यही उदाहरण प्रस्तुत गर्दै युवाहरुले श्रम, समय […]