सिंजा महोत्सव २०८२ : पहिलोपटक उत्सव, कृषि–संस्कृति–पर्यटनको प्रवर्द्धन

  ।   २ बैशाख २०८२, मंगलवार ११:३८

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकास्थित नराकोट बजारमा पहिलो पटक १२ दिन लामो सिंजा महोत्सवको आयोजना हुने भएको छ । सिंजा क्षेत्रको कृषि, पर्यटन, भाषा र संस्कृतिको साझा उत्सव रुपमा पहिलो पटक सिंजा महोत्सवको आयोजना हुने भएको हो ।

सिंजा सञ्चार केन्द्रको आयोजनामा सिंजामा पहिलो पटक १२ दिन लामो महोत्सव आयोजना हुने छ । आगामी वैशाख १० गतेदेखि २१ गतेसम्म १२ दिनसम्म सिंजा गाउँपालिका स्थित नराकोट बजार नजिकैको चुलेल गाउँ, चाँगामा सिंजा महोत्सव २०८२ सञ्चालन गरिने आयोजकले जनाएको छ । सिंजा सञ्चार केन्द्रको आयोजनामा तथा सिंजा गाउँपालिकाको संरक्षण र भावना एम्युजमेन्ट प्रालिको व्यवस्थापनमा हुने यस महोत्सवले सिंजाको भाषा, संस्कृति, कृषि, पर्यटन र व्यापारको समग्र प्रवर्धन गर्ने लक्ष्य लिएको छ । खस भाषा, संस्कृति र सभ्यताको प्रचार–प्रसार,जुम्लाको प्रसिद्ध कृषि उपज—मार्सी धान, स्याउ, सिमी, ओखर र रैथाने बालीहरूको प्रदर्शन तथा महत्वको चर्चा तथा ऐतिहासिक स्थलहरू—कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफा, भैरवनाथ, केदारनाथ, हिमनदीहरू तथा सिजा उपत्यकाको पर्यटन प्रवद्र्धनका पहिलो पटक महोत्सवको आयोजना हुन लागेको छ ।

महोत्सवमा सिंजाको मौलिक भेषभूषा, जीवनशैली, मस्टो संस्कृति परम्परागत ज्ञानको संरक्षण र प्रदर्शन गरिने छ । १२ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकारहरूद्वारा सांगीतिक प्रस्तुती रहने छ । विभिन्न सांस्कृतिक कार्यक्रम, विविध वस्तुहरूका स्टल, मनोरञ्जनात्मक खेलहरू लगायतका कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । आयोजकले भनेको छ, ‘सिंजा क्षेत्रमै पहिलोपटक यति ठूलो स्तरमा आयोजना हुन लागेको “सिंजा महोत्सव २०८२” सम्पूर्ण देशवासीलाई आमन्त्रण गर्न चाहन्छ, सबै जना आउनु साथै हर्षको उत्सव मनाऔं, सिंजालाई चिनौँ र चिनाऔं ।

Next Post

दिर्घ बहादुर शाही `डोक्का घरे ´को कविता

२ बैशाख २०८२, मंगलवार ११:३८
कालिकोट । दिर्घ बहादुर शाहीको डोक्का घरेूको कविता,आँसुले लेखेको घोषणा पत्र । मधुरो रातमा रंगिन इन्देणीको गरुङ्गो झोला बोकेर पसिनाको बेहिसाब कुलो बगाउदै गन्तव्यको अग्लो सिडि उल्किन संघर्षको भारी बनी रहे हिम नदि जस्तै आँखा बाट आँसुका ठुला छहरा पोखिदा विविधताको मरुभूमिमा आत्माको समेत सिचाइ भएन जिन्दगीले समुन्द्र सयर गर्दागर्दै […]