कालिकोट । दिर्घ बहादुर शाहीको डोक्का घरेूको कविता,आँसुले लेखेको घोषणा पत्र ।
मधुरो रातमा
रंगिन इन्देणीको गरुङ्गो झोला बोकेर
पसिनाको बेहिसाब कुलो बगाउदै
गन्तव्यको अग्लो सिडि उल्किन
संघर्षको भारी बनी रहे
हिम नदि जस्तै आँखा बाट
आँसुका ठुला छहरा पोखिदा
विविधताको मरुभूमिमा
आत्माको समेत सिचाइ भएन
जिन्दगीले
समुन्द्र सयर गर्दागर्दै
मानसरोवरको गन्तव्य पुग्न
कयौं बैसागीको सहारामा
जवानी भने अचेल बैसागी बनेको छ
सपनाको
अग्लो मानसरोवर बाट
यदि फर्केर आएन भने
एक मुठी याद संगै
आँसुले लेखेको प्रेमको
घोषणा पत्र पठाउला
अनि
रसाएका आँखाहरुले तिमीलाई हेर्दै
हरेक साझ भित्तामा राखिएको
अध्यारो तस्वीर संग
भलासुकाली गरेर रात बिउझाउने छु
मात्र सम्झनामा
सम्झनामा !!!
दिर्घ बहादुर शाही (कवि) खाँडाचक्र नगरपालिका – ६ कालिकोट