कालिकोटमा विविध कार्यक्रमसहित ६१औँ राष्ट्रिय बाल दिवस 

  ।   ३० भाद्र २०८३, मंगलवार १०:३५

कालिकोट । “बालबालिकाको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ कालिकोटमा ६१औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी मनाइएको छ।

भदौ २९  जिल्ला समन्वय समितिको खुला मञ्च, मान्ममा आयोजित कार्यक्रममा बालबालिकाको अधिकार, संरक्षण, शिक्षा तथा सुरक्षित भविष्यका विषयमा सचेतना फैलाइएको हो।

बालबालिकाको सहभागितामा मान्म बजारमा सचेतनामूलक र्‍याली समेत निकालिएको थियो। र्‍यालीमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरू सहभागी भएका थिए। सहभागीहरूले बालअधिकार संरक्षण, बालविवाह तथा बालहिंसा अन्त्य र बालबालिकाका लागि सुरक्षित तथा बालमैत्री वातावरण निर्माण गर्नुपर्ने सन्देशसहितका ब्यानर बोकेका थिए।

कार्यक्रममा बालबालिकाको संरक्षण र अधिकार सुनिश्चित गर्न परिवार, विद्यालय, स्थानीय तह, सरकारी निकाय तथा नागरिक समाजको साझा भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रम बाँडफाँटर खाँडाचक्र नगरपालिका, कालिकोटको आयोजनामा तथा युनिसेफ, सेभ द चिल्ड्रेन, किर्डाक नेपाललगायत विभिन्न संघसंस्था तथा सरोकारवाला निकायको समन्वय र सहकार्यमा सम्पन्न भएको  छ।

बालबालिकाको वर्तमान सुरक्षित बनाउन सके मात्रै देशको भविष्य सुरक्षित हुने भन्दै दिवसले बालअधिकारको व्यवहारिक कार्यान्वयनमा थप प्रतिबद्ध हुन सबै पक्षलाई प्रेरित गरेको आयोजकले जनाएको छ।

सम्बन्धित शीर्षक