कालिकोट । कालिकोट जिल्लाको जिल्ला स्तरीय बाल सम्मेलनबाट १३ सदस्यीय बाल संज्याल गठन भएको छ।
बाल बालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने मूल नारामा साथ २०८१ जेठ १ र २ गते कालीकोट जिल्लाका ९ वटै स्थानीय तहका बालबालिका सहभागीतामा दोस्रो दिन तिलागुफा नगरपालिकाकि बन्दना शाहीको अध्यक्षतामा गठन भएको हो ।
सो भेलाबाट उपाध्यक्षमा पवित्रा विक नरहरिनाथ गाउँपालिका , सचिवमा एमुना बोहोरा शुभकालिका गाउँपालिका , कोषाअध्यक्षमा निशा जैसि पँलता गाउँपालिका , सहसचिवमा रोजना सार्की रास्कोट नगरपालिकम , सदस्यमा कुल सिम्खाडा सान्नित्रिवेणी गाउँपालिका , हिक्मत वि.क पचालझरना गाउँपालिका , विनिता मल्ल महाबै गाउँपालिका , प्रमिला शाहि खाँडाचक्र नगरपालिका , अस्मिता लामा सान्नि त्रिवेणी गाउँपालिका , महेश पाण्डे खाँडाचक्र नगरपालिका र पार्वती रोकामगर शुभकालिका गाउँपालिका गरि १३ सदस्यीय गठन गरिएको छ ।
जिल्लाको सदरमुकाम मान्ममा आयोजित जिल्ला स्तरीय बाल सम्मेलनले बालबालिका का आवाज सुन्न जिल्ला तथा स्थानीय तहका सरोकारवालाको ध्यानाकर्षण गराउदै ९ बुँदे घोषणा पत्र कार्यान्वयनका लागि जोडदार माग समेत गरेको छ ।
तपसिल माग
१. कर्णालीमा अझै पनि बालविवाह हुने गरेको तथ्यलाई विचार गर्दै बालविवाहले बालबालिकाको पढाइ, स्वास्थ्य र विकासमा प्रतिकूल प्रभाव पारेकोले यसलाई अन्त्य गर्न विहावारी २० वर्ष पारी भन्ने नारालाई सार्थक बनाउन सवै स्थानीय तहको विशेष ध्यानाकर्षण गराउदै बालविवाहलाई अन्त्य गर्न सबै स्थानीय तहबाट विशेष कार्यक्रमको घोषणा गरियोस्।
२. कालीकोटका ९ वटै स्थानीय तहमा अनिवार्यरुपमा बालबालिका सम्बन्धी नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनका लागि पहल गर्दै बालबालिका ऐन २०७५ को प्रभावकारी कार्यान्वयनको लागि ध्यानाकषर्ण गराउदै बालबालिका ऐनले तोकेको सबै पालिका तथा वडा तहमा बालअधिकार समितिको गठन, अभिमुखीकरण, बाल कल्याण अधिकारीको ब्यवस्था र बाल हितकोषको ब्यवस्था गरियोस्।
३. सबै स्थानीय तहले बाल तथा अपांग मैत्री भौतिक संरचना निर्माण गरी बाल मैत्री वातावरण बनाउदै बालमैत्री वडा, पालिका बनाउदै घोषणाको लागि पहल गरियोस्।
४. ४ देखि १२ बर्ष उमेर समुहका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरी अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित गरियोस् । साथै २०८५ भित्र कालीकोटका सबै बालबालिकालाई आधारभूत शिक्षा ससुनिश्चित गरियोस्।
५. जलबायु परिवर्तनले बालबालिकामा पनि नकारात्मक असर पुर्याएको वर्तमान अवस्थामा हरित विद्यालय, हरित रोड र हरित समुदायको अवधारणा अनुसार जलवायु मैत्री नीति निर्माणको माग गर्दछौ ।
६. कालीकोट जिल्लामा अझै पनि छाउपडी प्रथा, जातीय विभेद, छोराछोरी बीचमा हुने लैगिंक विभेद, बालबालिकामाथि हुने हिंसा, दुब्र्यवहार, बाल श्रमको अन्त्य गर्न समुदायमा सचेतीकरणका अभियान संचालन गर्न स्थानीय सरकार तथा सरोकारवालासँग माग गर्दछौ
।
७. सवै स्थानीय तहले विद्यालय तथा पालिकामा गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी बनाउदै बालबालिकाका गुनासो सुन्ने परिपाटीको ब्यवस्था गरियोस्।
८. कालीकोटका सबै स्स्थानीय तहमाअझै पनि बाल क्लब तथा संजाल गठन हुन सकेका छैनन्। सबैले आगामी ३ महिना भित्र वडा तथा पालिका स्तरमा बाल संजाल गठन गरी क्षमता अभिबृद्धिका लागि बजेटको ब्यवस्था गरियोस्।
९. नेपाल सरकारको नीति विपरीत धूम्रपान र मध्यपान, विक्रि वितरण हुदा बालबालिकामा नकारात्मक असर परेको छ । त्यसलाई रोमथाम गर्न स्थानीय सरकार र सरोकारवाला को विशेष ध्यानाकषर्ण गराउदै नियन्त्रण गरियोस्।
